सोम, जेष्ठ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पशुपति क्षेत्र विकास कोषले आर्थिक हिनामिनामा संलग्न कर्मचारी बर्खास्त

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
पशुपति क्षेत्र विकास कोषले आर्थिक हिनामिनामा संलग्न कर्मचारी बर्खास्त
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले आर्थिक हिनामिना र अपचलनमा संलग्न एक कर्मचारीलाई बर्खास्त गरेको छ । कोषका सदस्यसचिव डा. मिलनकुमार थापाका अनुसार ३६ लाख ५० हजार ९५५ रुपियाँ हिनामिना गर्ने लेखापाल ईश्वरबहादुर दवाडीलाई बर्खास्त गरिएको हो ।

कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले ‘हिनामिना गरेको रकम असुलउपर गर्ने गरी कोषको सेवाबाट बर्खास्त गरिएको’ पत्र लेखापाल दवाडीलाई दिनुभएको छ । सदस्यसचिव डा. थापाले कोषभित्र आर्थिक सुशासन र पारदर्शिताको प्रत्याभूति गर्न आर्थिक अपचलन र हिनामिनामा संलग्न कर्मचारीलाई कारबाही गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भगवान् पशुपतिनाथको सेवा गर्ने जिम्मेवारी पाएकै व्यक्तिबाट आर्थिक अनियमितता भएको खुलेपछि कारबाही गर्नुको विकल्प रहेन ।” यसअघि डा. थापाकै नेतृत्वमा २०८१ जेठ ७ गते सोमबार पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएकै अवस्थामा नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको थियो । पशुपति क्षेत्र विकास कोषमा नायब सुब्बा पदमा कार्यरत ५१ वर्षीय नवराज ढोडारी, कोषका ब्राह्मण पदमा कार्यरत ३६ वर्षीय नवराज घिमिरे र बाजा बजाउने कर्मचारीहरू ३४ वर्षका अनिल परियार, ३५ वर्षका कुमार दमाईं परियार र २९ वर्षीय सञ्जय कपालीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको थियो । अभियुक्तविरुद्ध अहिले काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।

उहाँका अनुसार लेखापाल दवाडीले कोषको आम्दानी रकम तोकिएको खातामा जम्मा नगरी आफूले मासेर हिनामिना गरी भ्रष्टाचारजन्य कार्य गरेकाले कारबाही गरिएको हो । २०४४ सालमा कोषको ऐन जारी भएयता केही कर्मचारीलाई निलम्बन गरिए पनि आजीवन अयोग्य हुने गरी बर्खास्त गरिएको यो पहिलो निर्णय हो ।

कारबाहीमा परेका दवाडीले वैशाख २३ गते स्पष्टीकरण पेस गरी हिनामिना गरेको बेहोरामा साबिती भई केही रकम जम्मा गराएको बताएका थिए । कोषका अनुसार आठ लाख ९३ हजार ४३८ रुपियाँ लेखापाल दवाडीबाट असुल गर्न बाँकी रहेको र उक्त रकम पनि असुल गरिने छ ।

यो पनि पढ्नुहोस्

राष्ट्रसेवक कर्मचारीलाई बिमा गराउन ध्यान केन्द्रित

राष्ट्रसेवक कर्मचारीलाई बिमा गराउन ध्यान केन्द्रित

५० मिनेट अगाडि
रास्वपा धनकुटाको सभापतिमा भुवन थापा चयन

रास्वपा धनकुटाको सभापतिमा भुवन थापा चयन

५० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भारतमा अशान्ति फैलाउने ६ जना नियन्त्रणमा लियाे

चार्जिङ स्टेसन निर्माण गर्न सकिएमामा विद्युतीय सवारीसाधनको प्रवर्द्धन हुने

प्रतिवेदनबाट सफाइ पाउनेमा आशावादी

रास्वपा मोरङ जिल्ला समितिको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न

सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक स्टाटस

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक