काठमाडौं । आइसिसी महिला टी–ट्वान्टी विश्वकप कप एसिया क्वालिफायरमा नेपाल र हङकङको खेल वर्षाले रद्ध भएको छ । नेपाल र हङकङबीचको खेल राति परेको पानीको कारण आउट फिल्ड भिजेपछि टस नै हुन सकेन ।
आजको खेलमा नेपाल र हङकङले अंक बाँडेका छन् ।
क्वालिफायरमा नेपालसहित आयोजक थाइल्यान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युएईबीच प्रतिस्पर्धामा छन् ।