शनि, जेष्ठ ३२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एकताको सन्देश सहित एनआरएनएको नयाँ  कार्यसमिति  भेटघाटमा सक्रिय

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
एकताको सन्देश सहित एनआरएनएको नयाँ  कार्यसमिति  भेटघाटमा सक्रिय
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सम्मानित सर्वोच्च अदालतको परमादेशअनुसार  गठित उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशनबाट निर्वाचित महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमिति अहिले राजनीतिक नेतृत्वसँग महत्त्वपूर्ण  भेटघाटमा व्यस्त छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवाद समाधान र संस्थाको एकतालाई संस्थागत गर्न कार्यसमिति लागिपरेको छ ।

गत वैशाख २० र २१ गते होटेल हायातमा सम्पन्न महाधिवेशनमा अध्यक्ष महेश कुमार श्रेष्ठ नेतृत्वको टिम  सर्वसम्मत चयन भए लगत्तै कार्यसमितिले आफ्नो पहिलो बैठकबाटै बाहिर रहेका अभियन्ताहरूलाई पनि समेटेर लग्न प्रयास सुरु गरेको छ ।  कार्यसमितिले  राष्ट्रपति, पूर्व प्रधानमन्त्री, मन्त्रीसहित विभिन्न दलका शीर्ष नेताहरूसँग भेट गर्दै एनआरएनका मुद्दाहरूमा ध्यानाकर्षण गराइरहेको छ ।

निर्वाचित भएको भोलिपल्ट सोमबार नै अध्यक्ष श्रेष्ठ नेतृत्वको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेट गरी अधिवेशन र निर्वाचन प्रक्रियाबारे जानकारी गराएको थियो । राष्ट्रपति पौडेलले एक लिखित मन्तव्य दिँदै एनआरएनएभित्र देखिएको विवाद समाधान गरी संस्थालाई एकताबद्ध बनाउन  नेतृत्वले थप सक्रिय  भूमिका निर्वाह गर्न सुझाव दिएका थिए ।

अध्यक्ष श्रेष्ठसँगै  संघका पूर्व अध्यक्ष भवन भट्ट, उच्चस्तरीय समितिका सदस्यहरू कुल आचार्य,  रबिना थापा, विनोद कुँवर, जानकी गुरुङ, एनआरएन अभियन्ता आर के शर्मा,    डी बी क्षेत्री,  उपाध्यक्षहरू सुनिल साह,  बुद्धि सुवेदी, मनोज गोर्खाली, महासचिव बी आर लामा, प्रवक्ता गंगाधर गौतम लगायतका पदाधिकारीहरूले सोही दिन  नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी सबै एनआरएनहरूलाई समेटेर लैजाने योजना सुनाए  । देउवाले पनि तत्काल एकताको अभियान सुरु गर्न आग्रह गरे।

उक्त   टोलीले कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा. प्रकाश शरण महत, जनसम्पर्क समन्वय विभाग प्रमुख किरण पौडेलसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेको थियो ।

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नव निर्वाचित कार्यसमितिलाई बधाई दिँदै छुटेका साथीहरूलाई समेत गोलबद्ध गर्न आह्वान गरिन् । उनले अदालतमा विचाराधीन मुद्दाहरूलाई प्रक्रियागत रूपमा टुङ्ग्याउन मन्त्रालय प्रतिबद्ध रहेको बताइन् । मन्त्री राणाले तपाईँ एनआरएनहरू नेपालका  ‘मानार्थ राजदूत’ हुनुहुन्छ भन्दै नेपाल  सरकारसँग सहकार्य गरेर देशको उन्नतिमा योगदान दिन आग्रह गरिन् ।

सो अवसरमा परराष्ट्र सचिव अमृतबहादुर राईले एकताका लागि पहल गर्न कार्यसमितिलाई आग्रह गर्दै मन्त्रालय सहकार्य गर्न तयार रहेको जानकारी गराए । उनले एनआरएन ऐनबारे सुझाव दिन पनि अनुरोध गरे ।

यसै गरी  टोलीले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता गर्दै विदेशमा सिकेको ज्ञान, सिप र प्रविधिलाई नेपालकै हितमा प्रयोग गर्ने वातावरण बनाउन  आग्रह गरेको थियो । सिंहले एनआरएनएभित्र व्यापक एकता आवश्यक रहेको बताउँदै दोस्रो पुस्तासँगको सम्बन्ध कायम राख्नुपर्नेमा जोड दिए ।

मङ्गलवार टोलीले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग खुमलटारमा भेट गरी एनआरएन नागरिकता, श्रमिक सुरक्षा, सामूहिक लगानी जस्ता विषयमा सहयोगका लागि आग्रह गर्‍यो । प्रचण्डले एनआरएन नागरिकताको विषयलाई आफ्नो पार्टीले  गम्भीरतापूर्वक लिएको भन्दै कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाए । टोलीले  डा बाबुराम भट्टराईसँग पनि छुट्टै भेट वार्ता गर्‍यो।

बुधवार कांग्रेस नेता डा. शेखर कोइरालासँगको भेटमा कोइरालाले नेपालीको शिर उँचो राख्ने गरी  काम गर्न एनआरएनहरूलाई आग्रह गरे । त्यसपछि संस्थापक अध्यक्ष उपेन्द्र महतोको निवासमा आयोजित भेटमा पूर्व अध्यक्ष जीवा लामिछाने तथा भवन भट्ट पनि सहभागी थिए ।

महतोले सबैले व्यक्तिगत ‘इगो’ त्यागेर एकताको वातावरण बनाउनुपर्नेमा जोड दिँदै संस्थालाई व्यक्तिभन्दा माथि राख्न आग्रह गरे । लामिछानेले पनि विगतमा सबैबाट केही कमी कमजोरी भएको भन्दै  अब संवाद र सहकार्यमार्फत अघि बढ्नुपर्नेमा जोड दिए । उनले एकता महाधिवेशनद्वारा वैधानिक रूपबाट निर्वाचित कार्यसमितिले सबैलाई समेट्ने गरी अघि बढ्नु पर्ने बताए।  पूर्व अध्यक्ष भट्टले पनि सबै साथीहरूलाई एक ठाउँमा ल्याउन अपिल गरे ।

टोलीले सिंहदरबारमा गृहमन्त्री रमेश लेखकसँग भेट गरी एनआरएन नागरिकताको विषयमा छलफल गरेको थियो । मन्त्री लेखकले सरकारले उक्त विषयलाई गम्भीर रूपमा लिएको बताउँदै कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित भेटघाटमा मन्त्री प्रदीप पौडेलले नयन कार्यसमितिलाई स्वागत गर्दै एनआरएनको एकतामै नेपालको भविष्य जोडिएको बताए। उनले स्वास्थ्य क्षेत्रको विकासमा एनआरएनएबाट सम्भावित योगदानका क्षेत्रहरू पहिचान गर्न आग्रह पनि गरे ।

प्रवक्ता गौतमले कार्य समितिको दोस्रो बैठक छिट्टै बसी राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूले गरिरहेको सदस्यता वितरण र चुनावको विषयमा छिट्टै पत्राचार गरिने पनि जनाए।  उनले नेपाल सरकार, राजनीतिक नेतृत्व तथा सम्पूर्ण गैर आवासीय  नेपाली समुदाय एकताको पक्षमा रहेको बेला एकताको वातावरण बिग्रने खालका कुनै पनि गतिविधि नगर्न सबै पक्षलाई आग्रह पनि गरे।

यो पनि पढ्नुहोस्

विदेशी मुद्राको विनिमय दर ताेक्याे

विदेशी मुद्राको विनिमय दर निर्धारण

२ घण्टा अगाडि
यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु

यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

खोला मापदण्डको बिषयमा नेवा: समुदाय भित्रका जातिय समाजबीच छलफल हुँदै

 UPDTE :एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्याे

नागरिक बेच्नुपर्नेलाई लिएर सांसदहरुबीच चर्को विवाद

नेपाल कसैको मातहतमा रहेको छैन : प्रम ओली

माकेशीत मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

ओलीविरुद्ध खुल्न थाले एमाले नेताहरू !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक