काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले अनिवार्य उपस्थित भएर नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ।
यही वैशाख २८ गते बस्ने प्रतिनिधिसभाको बैठकमा ‘आव २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम’ निर्णयार्थ पेश गर्ने कार्यसूची छ। जसको पक्षमा मतदान गर्नका लागि एमालेले आफ्ना सांसदलाई ह्वीप जारी गरेको हो।
‘सम्माननीय राष्ट्रपति महोदयले मिति २०८२ वैशाख १९ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधन मार्फत प्रस्तुत गरिएको ‘आ.व. २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम’ लाई मिति २०८२ साल वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ पेश गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्नु हुन ह्वीप जारी गरिएको छ,’ मुख्य सचेतक महेश कुमार बर्तौलाले जारी गरिएको विज्ञप्तिमा लेखिएको छ।