काठमाडौं । भारत र पाकिस्तानबीचको युद्धको विषयलाई लिएर माओवादीका नेताबीच जुहारी चलेको छ।
भारतल पाकिस्तानविरुद्ध केही दिनदेखि गरेको हमालको विषयलाई लिएर महासचिव देव गुरुङ र उपमहासचिव जनार्दन शर्माले सामाजिक सञ्जालमार्फतर परस्पर विरोधी धारणा सार्वजनिक गरेका हुन्।
महासचिव गुरुङले भारतले पाकिस्तानमाथि आक्रमण गर्नु न्यायोचित नभएको नभएको टिप्पणी गरेका छन्।
गुरुङले भनेका छन्, ‘पाकिस्तानलाई आरोपित गरि आक्रमण गर्नु न्यायोचित मान्न सकिने देखिन्दैन। अतः त्यस प्रकारको सैन्य कार्यबाहीहरु अविलम्व बन्द गरी दुबै मुलुक विचमा संवाद गरिनु पर्छ। पलगाम हत्या काण्डबारे स्वतन्त्र प्रकारको अन्तरराष्ट्रिय कमिसन गठन गरी छानविन गरिनु पर्छ।’
महासचिव गुरुङ छिमेकी देशको युद्धका विषयमा मौन बस्न नहुने समेत बताएका छन्। उनले उक्त युद्धबाट नेपालसमेत प्रभावित हुने भएकाले नेपालले आफ्नो मान्यता अघि सार्नुपर्ने जनाए। गुरुङले भनेका छन्, ‘छिमेकीहरु विचको द्वन्दबाट नेपाल प्रभावित हुन्छ। यस्तो स्थितिमा नेपालले संयुक्त राष्ट्रसंघको वडापत्र र पन्चशिल को सिद्वान्त को आधारमा नेपाल मौन बस्न मिल्दैन। नेपालले युद्व होईन, शान्ति को पक्ष लिनै पर्छ। शान्तिको लागि आफ्नो दायित्व निर्वाह गर्नै पर्दछ।’
त्यस्तै शर्माले भने भारतको पक्ष लिएका छन्। आतंकवादविरुद्ध लड्नु सबै राष्ट्रको कर्तव्य भएको दाबी गर्दै उनले भारतले गरेको आक्रमणको समर्थन गरेका छन्। शर्माले भनेका छन्, ‘भारतले आतंकवाद विरुद्ध अपरेसन सिन्दुर सञ्चालन गरेको छ। आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो। आतंकवाद विरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो। साथै शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवस्यक छ।’