दाङ । दाङ खो खो संघको आयोजनामा प्रथम राष्ट्रिय खुल्ला पुरुष खो खो प्रतियोगिता बैशाख २६ गते देखि तीनदिनसम्म हुने भएको छ ।
तुल्सीपुरस्थित अरनिको खेल मैदानमा लुम्बिनी प्रदेश खेलकुद परिषदको प्रवद्र्धनमा तुल्सीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको दाङ जिल्ला खो खो संघका अध्यक्ष बाल कृष्ण शाहले जानकारी दिनुभएको छ । प्रतिायेगितामा सात
प्रदेशका पुरुष टिम र नेपाली सेनाको एक विभागीय टिमले सहभागिता जनाउनेछन् ।
प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार, दोश्रो हुनेले रु. २५ हजार र तेश्रो हुने टिमले दश हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाण पत्र, मेडल र ट्रफी प्राप्त गर्ने छन् । यस्तै बेष्ट रनर र बेष्ट चेजरलाई पनि उचित पुरस्कार प्रदान गरिनेछ ।
भारतको राष्ट्रिक्ष् खो खो टिमसँग नेपालको मैत्रीपूर्ण एक दिवशीय खेल हुने नेपाल खो खो संघका केन्द्रीय अध्यक्ष प्रदिप महर्जनले बताउनुभयो । हालै नयाँ दिल्लीमा भएको प्रथम खो खो विश्वकपको पुरुष र महिला दुबै समूहमा भारत प्रथम र नेपाल दोश्रो भएका थिए ।