काठमाडौं । सासंद् रमा कोइराला पौड्यालले संसद् सचिवालयमा काम गर्ने महिला कामदारको शिशु स्याहारमा भेदभाव भएको भन्दै सरकारको हास्यास्पद नियममाथि कटाक्ष गरेकी छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो कटाक्ष गरेकी हुन्।
‘म सिंहदरबारमा हिँडिरहँदा महिलाले हातमा बच्चा बोकेर काम गरिरहेको देखें। सुनेकी थिएँ सिंहदरबारभित्रका शिशु स्याहार केन्द्र छ भनी तर स्थायी महिला कर्मचारीका लागि मात्र रहेछ,’अगाडि उनले प्रश्न गरिन्,’करारमा भएकाले हातमा बच्चा बोकेर हिँड्नुपर्ने? के मातृत्व भनेको स्थायी कर्मचारीका लागि मात्र हो?’
साथै, उनले पुरुषको तुलनामा महिला कर्मचारीको तलब निकै कम भएको बताउँदै त्यसमा पनि समानता ल्याउन सरकार समक्ष आग्रह गरेकी छन्।


