काठमाडौं । बारा, फेटा गाउँपालिका-१ त्रिवेणी बस्ने शिव शरण दासको छोरा ११ वर्षीय कृष दासको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घर अगाडी रहेको घुम्ती किराना पसलको फ्रिजबाट पानी निकाल्ने क्रममा मंगलबार दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएका उनको एनएमसी अस्पताल वीरगंजमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हो ।
खोटाङ, एसेलुखर्क गाउँपालिका-७ माक्पा बस्ने ३९ वर्षीय बिकाश राईको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ । सोही ठाउँस्थित विजुलीको पोलको ट्रान्सफर्मरमा फ्युज जोड्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।