काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-७ पानीपोखरी डेरा गरी बस्ने पाँचथर फिदिम नगरपालिका-१२ घर भएकी ६२ वर्षीया चन्द्र कला न्यौपानेको कोठाबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब ५४ लाख ८७ हजार रूपैयाँ बराबरको धनमाल गए राति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।