बिहि, फाल्गुन ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भक्तपुरले जित्यो फुल कन्ट्याक्ट किक बक्सिङको उपाधि

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
भक्तपुरले जित्यो फुल कन्ट्याक्ट किक बक्सिङको उपाधि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भक्तपुर । भक्तपुरमा पहिलो पटक आयोजना गरिएको फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता मा आयोजक टिम भक्तपुर नै समग्र विजेता बन्न सफल भएको छ। नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा वैशाख १९ र २० गते सम्पन्न प्रतियोगितामा भक्तपुरले ३ स्वर्ण र ४ रजत पदक जित्दै उपाधि घरमै राख्न सफल भयो।

प्रतियोगितामा मेन डोजो रङ्गशाला २ स्वर्णसहित दोस्रो स्थानमा रहँदा, फाइट क्लब १ स्वर्ण र २ रजत पदकका साथ तेस्रो भयो।

महिला तर्फ उत्कृष्ट खेलाडी को उपाधि अस्मिता दोङ तामाङ ले प्राप्त गरिन भने पुरुष तर्फ सुनिम श्रेष्ठ उत्कृष्ट घोषित भए।

प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर ले गर्नु भएको थियो। उहाँले खेल मात्र नभई समाज विकासको एक आधार भएको बताउँदै, खेलाडीहरूको समुचित विकासमा सरकारको ध्यान केन्द्रित रहने प्रतिबद्धता जनाउनु भयो।

प्रतियोगितामा महिला र पुरुष गरी ११ तौल समूहमा प्रतिस्पर्धा भएको थियो भने २ वटा प्रो फाइट समेत समावेश गरिएको थियो। प्रो फाइटमा सिरिस भुजु र प्रविन मोक्तान विजेता घोषित भए।

प्रमुख स्वर्ण पदक विजेता खेलाडीहरू:

  • पुरुष ५१ केजी: सञ्जु सुब्बा
  • पुरुष ५४ केजी: आशिक कोली
  • पुरुष ५७ केजी: बिबद्र राई
  • पुरुष ६३.५ केजी: अर्जुन के.सी
  • पुरुष ६७ केजी: सुनिम श्रेष्ठ
  • पुरुष ७५ केजी: अनिप देउला
  • खुला समूह: उपेश देउला
  • महिला ५२ केजी: अस्मिता दोङ
  • महिला ५७ केजी: बबिता कार्की
  • महिला ६० केजी: चन्द्र कुमारी भुजेल

भक्तपुरको जगातीको इट्टा टाइल कारखानाको हलमा सम्पन्न प्रतियोगिता बिना विवाद र चोटपटक सम्पन्न भएको आयोजकले जनाएको छ। वर्षाका कारण खुला स्थानमा आयोजना गर्न नसकिए पनि दर्शकको ठूलो उपस्थिति देखिएको थियो।

कार्यक्रमको सभापतित्व नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष कृष्णराम जाकिबञ्जार ले गर्नुभएको थियो। खेलको प्रमुख निर्णायकको भूमिका राजु सिंह बजिखोंले निर्वाह गर्नुभएको थियो।

२० जिल्लाबाट खेलाडीहरूको सहभागिता रहेको दुईदिने प्रतियोगितामा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले उत्कृष्ट खेलाडी र विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गर्नु भयो।

उहाँले आगामी संस्करण ऐतिहासिक स्थल पाँचतले वा दत्तात्रय परिसरमा आयोजना गर्न सकिने सुझाव दिनु भएको थियो।

यो पनि पढ्नुहोस्

आइसीसी टी-२० विश्वकपमा नेपालकाे सुखद अन्त्य

आइसीसी टी-२० विश्वकपमा नेपालकाे सुखद अन्त्य

२४ घण्टा अगाडि
टी–२० विश्वकपमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बने सम्रा

टी–२० विश्वकपमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बने सम्रा

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कृपया मतलाई दान नगर्नुहोस

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेता बालेन साहले एजेन्डा विहीन भन्नेहरूलाई जवाफ दिए

सार्वजनिक बिदामा पनि राहदानी सेवा जारी

निर्वाचनका लागि आवश्यक ९० हजार मतपेटिकाको व्यवस्था

मतदाताका घरघरमा मत माग्न पुगे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक