काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले संसद्मा बिचौलिया शब्दको प्रयोग बढी भएको भन्दै असन्तुष्टि जनाएकी छन् ।
सोमबार प्रतिनिधिसभाको बैठममा बोल्दै उनले संसद्मा संविधान र कानुन सम्मतका व्यवहार हुन आवश्यक रहेको बताइन् ।
‘जतिखेर पनि यो बिचौलियाको कुरा, जतिखेर पनि यो सरकारको कुरा । सरकारमा बस्ने, सरकारकै विरोध गर्ने । सरकारसँगै परोक्षमा एउटा कुरा, व्यवहारमा अर्को कुरा । बिचारमा अर्को कुरा’ सांसदका व्यवहारप्रति सांसद झाले असन्तुष्टि जनाइन् ।


