शुक्र, जेष्ठ ३१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

शुद्ध, सुरक्षित खानेपानी अब सपना होइन, व्यवहारिक हक बन्ने छ : मन्त्री यादव

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
शुद्ध, सुरक्षित खानेपानी अब सपना होइन, व्यवहारिक हक बन्ने छ : मन्त्री यादव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सुनकोशी, (सिन्धुली) । खानेपानीमन्त्री प्रदीप यादवले आम नेपाली नागरिकका लागि शुद्ध, सुरक्षित खानेपानी सपना मात्रै होइन, अब व्यवहारिक हक बन्ने बताउनु भएको छ ।

बिहिबार सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं ५ र ६ मा सम्पन्न “नाङ्गेडाँडा बृहत् पम्पिङ खानेपानी योजना” उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले सरकारको उच्च प्राथमिकतामा रहेको ‘स्वच्छ पानी, स्वस्थ जीवन’ अभियान अन्तर्गत देशभरिका दुर्गम गाउँदेखि सहरसम्म खानेपानी सेवा सर्वसुलभ गराउने दीर्घकालीन नीति रहेको जनाउनुभयो ।

उहाँले भन्नुभयो, “हामी समृद्ध र स्वस्थ नेपाल निर्माण गर्ने हाम्रो साझा सपना साकार पार्ने दिशामा एक महत्वपूर्ण पाइला चाल्दैछौँ । जहाँ शुद्ध पानी अब सपना होइन, व्यवहारिक हक बन्नेछ ।”

यसैगरी मन्त्री यादवले शुद्ध, सुरक्षित खानेपानी एक सेवा नभई यो नागरिकको अधिकार भएको तथा मानव जीवनको मूलभूत आवश्यकता पनि भएको जिकिर गर्नुभयो । “आज यहाँ सुरु गरिएको यो योजना हाम्रो प्रतिबद्धताको प्रत्यक्ष उदाहरण हो । म विश्वस्त छु । यहाँका प्रत्येक दाजुभाइ दिदीबहिनीहरूले यसको प्रत्यक्ष लाभ उठाउनेछन्,” मन्त्री यादवले भन्नुभयो ।

सरकार विकासको प्रत्येक पाइलामा नागरिकको अपेक्षालाई सर्वोपरि राखेर अघि बढिरहेको तथा संघीय सरकार, स्थानीय निकाय र जनताको सक्रिय सहकार्यको उदाहरण स्वरुप सिन्धुलीको सुनकोशी गाउँपालिकाको नाङ्गेडाँडा खानेपानी योजना सफल बन्न पुगेको मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “यो आयोजना सरकारको ‘घर–घरमा सुरक्षित पानी’ पहुँचको रणनीति हो । जसले समग्र जनस्वास्थ्य र स्थानीय समृद्धिमा योगदान पुर्‍याउनेछ भन्ने मैले विश्वास लिएको छु ।”

आयोजनाको निर्माण कार्यका लागि सम्झौता बिसं २०७९ साल असार ९ गते गरिएको तथा प्रारम्भिक योजना अनुसार, आयोजनाको कार्य बिसं २०८१ साल असार ८ गतेभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कार्य प्रगति र आवश्यक परिमार्जन पछि अन्तिम लागत रु ३७ करोड ९४ लाख ९० हजार ५२४ पुगेको छ । यस आयोजनाले यहाँका नागरिकलाई स्वच्छता, स्वास्थ्य र समृद्धि का क्षेत्रमा सकारात्मक प्रभाव पुर्‍याउने विश्वास लिइएको छ ।”

सुनकोशी गाउँपालिकाको नाङ्गेडाँडा आयोजना अन्तर्गत कुल दुई हजार ५३५ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुनुका साथै प्रत्येक परिवारमा शुद्ध र सुरक्षित खानेपानी पुग्ने लक्ष लिइएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख इञ्जिनियर हेराकाजी मर्हजनले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा सिन्धुली–२ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य लेखनाथ दहाल (राजन), सुनकोशी गाउँपालिकाका अध्यक्ष दीपा बोहोरा दाहाल, उपाध्यक्ष कपिलकुमार कोइरालाले नाङ्गेडाँडा बृहत् पम्पिङ खानेपानी योजनाले यहाँका नागरिकको खानेपानीको समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

खानेपानी मन्त्रालयका सचिव ई प्रमिला देवी शाक्य बज्रचार्यले आगामी दिनहरूमा पनि यहाँका नागरिकलाई अझ आधुनिक, पहुँचयुक्त र जनमैत्री खानेपानी सेवा पुर्‍याउने सरकारको अटल सङ्कल्प रहेको बताउनुभयो ।

उक्त कार्यक्रममा सुनकोशी गाउँपालिका–५ का वडाअध्यक्ष सुरतकुमार वस्याल, सुनकोशी–६ का वडाअध्यक्ष महेन्द्रबहादुर थापा लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधि, स्थानीयवासीको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

माकेशीत  मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

माकेशीत मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

६ घण्टा अगाडि
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने अडान रास्वपाकाे कायमै

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने अडान रास्वपाकाे कायमै

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

खोला मापदण्डको बिषयमा नेवा: समुदाय भित्रका जातिय समाजबीच छलफल हुँदै

 UPDTE :एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्याे

नागरिक बेच्नुपर्नेलाई लिएर सांसदहरुबीच चर्को विवाद

दुर्गा प्रसाईँ सहित ७ जनालाई पुर्पक्षकालागि थुनामा पठाउन आदेश

नेपाल कसैको मातहतमा रहेको छैन : प्रम ओली

‘प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको अदेश विरुद्ध आन्दोलन गर्छौ’

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक