सोम, भदौ २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भक्तपुरमा जारी फुल कनट्याक्ट किक बक्सिङमा ११ गोल्ड मेडलका लागि १३ गोल्ड मेडलिस्ट भिड्दै

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
भक्तपुरमा जारी फुल कनट्याक्ट किक बक्सिङमा ११ गोल्ड मेडलका लागि १३ गोल्ड मेडलिस्ट भिड्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भक्तपुर । भक्तपुरमा पहिलो पटक हुन लागेको फुल कनट्याक्ट किक बक्सिङ प्रतियोगितामा ११ गोल्ड मेडलका लागि १३ गोल्ड मेडल विजेता खेलाडी भिड्ने भएका छन् ।

नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा हुन लागेको पहिलो राष्ट्रव्यापी फुल कनट्याक्ट किक बक्सिङ प्रतियोगितामा सहभागी हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा स्वर्ण पदक जित्ने १३ खेलाडी भिड्ने भएका छन् ।

बिहिबारदेखि  भएकाे  खेलमा  बुधवार भएको अन्तिम नामावली दर्ता तथा तौल मापन पस्चात खेलमा १३ जना स्वर्ण पदक विजेता खेलाडी पनि सहभागी हुन लागेको प्रशिक्षक सचितानन्द बनेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार हाल सम्म १३ स्वर्ण ल्याउने खेलाडीहरू तथा थाइल्यान्डमा सम्पन्न भएको अन्ताराष्ट्रिय खेलमा नेपालका तर्फबाट कांस्य पदक जित्ने ३ खेलाडी पनि भक्तपुरमा जारी खेलमा सहभागी हुन लागेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार साउथ एसियन च्याम्पियनसिप, साफ गेममा , अन्ताराष्ट्रिय खेलहरूमा , खुल्ला गणेशमान सिंह किक बक्सिङ प्रतियोगितामा, मंगदादेवी किक बक्सिङ प्रतियोगिता लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा स्वर्ण विजेता खेलाडी देखि कांस्य र रजत विजेता खेलाडीहरू पनि भक्तपुरमा जारी खेलमा सहभागिता जनाउन आएपछि खेल रोचक हुने भएको छ ।

प्रतियोगिता अन्तर्राष्ट्रिय मान्यता अनुसार तौल तथा वर्गगत रूपमा हुने समेत अध्यक्ष जाकिबञ्जारले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा कुल ११ वटा तौल तथा वर्गगत प्रतिस्पर्धाहरू हुने छन् जसमा पुरुष तर्फ ५१ केजी, ५४ केजी, ५७ केजी, ६३ दशमलव ५ केजी, ६७ केजी, ७५ केजी र खुल्ला तौल वर्गमा प्रतिस्पर्धा हुने छ भने महिला तर्फ ५२ केजी, ५७ केजी, ६० केजी र खुल्ला तौल वर्गमा प्रतिस्पर्धा हुने छ ।

यस्तै प्रतियोगिताको विशेष आकर्षणको रूपमा २ वटा प्रो फाइट ९व्यावसायिक स्तरका खेल० समेत खेलाइने अध्यक्ष ले जानकारी दिनुभएको थियो ।

यस्तो किसिमको भक्तपुरमा पहिलो पटक प्रतियोगिता आयोजना हुन लागेको बताउँदै उहाँले यस्ता प्रतियोगिताबाट खेलाडी तिखारिने तथा व्यावसायिक रूपमा खेलमा लाग्न सहयोग समेत मिल्ने बताउनुभएको थियो ।

खेलाडीहरूको सुरक्षालाई मध्यनजर गर्दै आयोजक समितिले प्रत्येक खेलाडीलाई प्रतियोगिता अवधिभर एक साता सम्म लागू हुने गरी रु। २ लाख सम्मको बिमा समेत गरेको छ । उहाँका अनुसार प्रतियोगिता विश्व किक बक्सिङ महासङ्घ(wAKO) द्वारा स्वीकृत K–1  नियमावली अनुसार सञ्चालन हुनेछ । प्रत्येक बाउट ३ राउन्डको हुनेछ, र प्रत्येक राउन्डको अवधि २ मिनेट निर्धारण गरिएको समेत उहाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा खेलाडीहरूलाई शिल्ड प्रमाणपत्र तथा नगद पुरस्कारले समेत सम्मान गरिने उहाँले जानकारी दिनुभयो ।

भक्तपुरका खेलाडीलाई दिइयो एन्टी डोपिङको कक्षा 

भक्तपुरमा जारी फुल कनट्याक्ट किक बक्सिङ प्रतियोगिताको पूर्व सन्ध्यामा सहभागी खेलाडी तथा भक्तपुरका खेलाडीहरूलाई एन्टी डोपिङको विषयमा कक्षा लिइएको छ ।

कक्षामा डोपिङ के कस्तो अवस्थामा हुन्छ । के के को सेवनले तथा खेलाडीले प्रतिबन्धित चिजहरू बोक्दा हुन्छ भन्ने विषयमा जानकारी दिइएको थियो ।

सामान्य सिटामोल देखि लागु औषध सम्मको प्रयोग गर्दा समेत डोपिङमा खेलाडी पर्न सक्ने एन्टी डोपिङ अवारनेस सेन्टरका संस्थापक डा. आसिस भण्डारीले जानकारी दिनुभयो । उहाँले खेलाडीहरूले के के सेवन गर्दा प्रतिबन्धमा पर्न सकिन्छ र प्रतिबन्धमा परेका खण्डमा के कस्तो असर पर्छ भन्ने विषयमा समेत कक्षा लिनुभएको थियो । सन्जिब दुलाल

यो पनि पढ्नुहोस्

बिए. तह नेपालभाषा बिषयकाे भर्ना खुल्यो

नेपालभाषा स्नातक तहमा समयमै भर्ना हुन अनुराेध

१ मिनेट अगाडि
आज हरितालिका तीज

अटल सौभाग्यको कामना गरी मनाइँदै हरितालिका तीज 

१२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

इन्डोनेसियामा यात्रुवाहक जहाज बेपत्ता

गृहमन्त्री सुदन गुरुङले एउटा मार्मिक स्टाटस लेखे

शिक्षामंत्री लखेटिएको घटना के हो ?

दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक