शुक्र, जेष्ठ ३१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वर्ल्ड प्रिमियरको लागि ‘जार’ टिम सिक्किम प्रस्थान

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
वर्ल्ड प्रिमियरको लागि ‘जार’ टिम सिक्किम प्रस्थान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । यही वैशाख २६ (मे ९) बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘जार’को वर्ल्ड प्रिमियरको लागि कलाकारसहितको निर्माण टिम सिक्किम प्रस्थान गरेको छ । निर्देशक फुर्वा छिरिङ लामा, कार्यकारी निर्माता त्रिलोचन पाण्डे, अभिनेता द्वय सौगात मल्ल, अनुपविक्रम शाही र गायिका तथा संगीतकार झुमा लिम्बुसहितको टिम मङ्गलवार बिहान त्यसतर्फ प्रस्थान गरेको हो ।

फिल्मको वर्ल्ड प्रिमियर यही बुधवार गान्तोक सिक्किममा हुँदै छ । फिल्म, कला साहित्य सम्बद्ध दिग्गज व्यक्तित्वहरू, विभिन्न राजनीतिज्ञ, व्यापारी, समाजसेवीसहितको उपस्थितिमा भव्य  प्रिमियरको आयोजना गरिएको निर्देशक लामाले बताए । सिक्किमपछि मे ३ तारिखमा सिलिगुडी (सिलिगुरी) मा यो फिल्मको दोस्रो प्रिमियर तय गरिएको छ । स्थानीय दर्शक तथा शुभचिन्तकहरूसँग सँगै फिल्म हेरेर कलाकार तथा निर्माण टिमले प्रतिक्रिया समेत लिनेछ, भने दार्जिलिङमा पनि फिल्मको प्रचारात्मक कार्यक्रम तय छ ।

यो फिल्म साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ । फिल्ममा सौगात र अनुपविक्रमसँगै भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापाले प्रमुख स्थान लिएका छन् ।

सरवानन इलावार्सुको छायांकन रहेको फिल्म ‘जार’मा अखिलेश राईको सम्पादन छ । होप रिल्स, एलए सेभेन सर्ट्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यो फिल्मको कार्यकारी निर्मातामा नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।

यो पनि पढ्नुहोस्

गायक थुमन शर्माको “कान्छी द लालुपाते” बोलको गीत सार्वजनिक

गायक थुमन शर्माको “कान्छी द लालुपाते” बोलको गीत सार्वजनिक

४ दिन अगाडि
‘अभिमन्यु : च्याप्टर–१’

‘अभिमन्यु : च्याप्टर–१’

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

खोला मापदण्डको बिषयमा नेवा: समुदाय भित्रका जातिय समाजबीच छलफल हुँदै

 UPDTE :एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्याे

नागरिक बेच्नुपर्नेलाई लिएर सांसदहरुबीच चर्को विवाद

दुर्गा प्रसाईँ सहित ७ जनालाई पुर्पक्षकालागि थुनामा पठाउन आदेश

नेपाल कसैको मातहतमा रहेको छैन : प्रम ओली

‘प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको अदेश विरुद्ध आन्दोलन गर्छौ’

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक