शुक्र, जेष्ठ ३१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रास्वपाले झापाबाट जनयात्राको थालनी गर्ने

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
रास्वपाले झापाबाट जनयात्राको थालनी गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापाबाट जनयात्राको थालनी गर्ने भएको छ।

रास्वपाले गत चैत २३ गते चितवनको नारायणी किनारबाट जनयात्राको उद्घाटन गरेको थियो। त्यसपछि यात्रा अघि बढेको थिएन।

अवरूद्ध जनयात्रा देशको पश्चिमी भू–भागबाट सुरू गर्ने कि पूर्वबाट थाल्ने भन्ने बहस पनि रास्वपाभित्र थियो। पूर्व, झापाबाट जनयात्रा सुरू गर्ने निष्कर्षमा पुगिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

उनका अनुसार पूर्वबाट कि पश्चिमबाट यात्रा थाल्ने भनेर रास्वपाभित्र लामै बहस चलेको थियो। सम्भाव्यता अध्ययनका लागि दुई जना सांसद पनि परिचालन गरिएको झाले जनाए। अध्ययनका लागि प्रतिनिधि सभा सदस्य निशा डाँगी पूर्व गएकी थिइन्। प्रतिनिधि सभा सदस्य अशोक चौधरी पश्चिम गएका थिए।

दुवै सांसदको अध्ययन र पार्टीको पनि निष्कर्षका आधारमा पूर्वबाटै यात्रा थाल्ने निष्कर्ष निकालिएको उनले जनाए । उनका अनुसार जनयात्रा तत्काल भने सुरू हुने छैन। गत चैत १८ गते बसेको केन्द्रीय सदस्य बैठकले जनयात्राको कार्यविधि तय गर्न संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई जिम्मा दिएको थियो।

उपनेता श्रेष्ठले प्रदेश इन्चार्जहरूसँग बसेर कार्यक्रमको रूपरेखा तयार पारिरहेका छन्। कोशीमा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार, मधेसमा कार्यवाहक प्रवक्ता मनिष झा, बागमतीमा कोषाध्यक्ष लिमा अधिकारी, गण्डकीमा सांसद शिशिर खनाल, लुम्बिनीमा सहमहामन्त्री विपिनकुमार आचार्य, कर्णाली प्रदेशमा गणेश पराजुली, सुदूरपश्चिममा सांसद हरि ढकाल इन्चार्ज तोकिएका छन्। सबैसँगको छलफलको निष्कर्षको आधारमा संसद्को पि–बजेट छलफलपछि जनयात्रा सुरू गर्ने गरी नयाँ प्रारूप तयार पारिएको कार्यवाहक प्रवक्ता झाले जनाए।

‘वैशाख १९ गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ। लगत्तै प्रि–बजेट छलफल सुरू हुनेछ। त्यसमा प्रभावकारी भूमिका खेल्नुपर्ने हुनाले त्यसअघि जनयात्र सम्भव छैन,’ उनले भने, ‘प्रिबजेट छलफलपछि जनयात्रा सुरू गर्ने तयारी गरेका छौं। छिट्टै बैठक बसेर यसलाई अन्तिम रूप दिनेछौं।’

जनयात्राको आगामी कार्यक्रम पूर्व(पश्चिम राजमार्गकेन्द्रित हुनेछ। जनयात्रामा ठूला सभा, जनप्रर्दशन, कोणसभा लगायत कुनै पनि कार्यक्रम नराखिने र नागरिकसँग अन्तरक्रिया गर्ने झाले जनाए ।

चितवनको सभामा अपेक्षितरूपमा नागरिक उपस्थित नभएपछि ठूला सभा गर्न रास्वपा हच्किएको हो। जनयात्रा सुरू गर्ने अघिल्लो दिन राति सभापति रवि लामिछाने पक्राउ परेका थिए। सहकारी ठगी, संगठित अपराधको अभियोगमा रूपन्देही जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उल्ट्याउँदै पुपर्क्षका लागि थुनामा पठाएको थियो। त्यसकारण जनयात्रा हुन्छ कि हुँदैन भन्ने द्विविधामा परेर मानिसहरूको उपस्थिति घटेको झाले जनाए। ‘कार्यक्रम हुन्छ कि हुँदैन भन्ने द्विविधा थियो। त्यसैले पनि चितवनमा उपस्थिति अलि कमजस्तो देखियो,’ झाले भने।

जनयात्रामा पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्याल ९डिपी०, उपसभापति स्वर्णिम वाग्ले, जनयात्रा संयोजक तथा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सम्बन्धित प्रदेश इन्चार्ज, सम्बन्धित जिल्लाका सांसदहरू प्रदेश, जिल्ला सभापति, पालिका र वडा तहका समितिका प्रमुखहरू हुनेछन्।

‘कार्यक्रममा हामी सबैजना एकैतिर केन्द्रित भएर अन्तरक्रिया गर्नेछैनौं। पाँच जना नेता पाँचतिर छरिएर नागरिकसँग संवाद, अन्तरक्रिया गर्ने, उनीहरूका गुनासा सुन्ने र टिपोट गर्ने काम गर्नेछौं,’ उनले भने, ‘यो नागरिकसँगको संवादको यात्रा पनि हो।’ उनले त्यसरी टिपोट गरेर ल्याइएका नागरिकका गुनासा, विकास–निर्माणका अपेक्षा, चाहनालाईहरूलाई सुत्रबद्ध गर्दै सरकारलाई ध्यानाकर्षण गराउने र संसदमासमेत ल्याउने तयारी रहेको पनि जनाए । यद्यपि यसको विस्तृत खाका भने बन्न बाँकी नै छ।

संयोजक श्रेष्ठले जनयात्राबारे छलफल गर्न मंगलबार साँझ भर्चुअल बैठक राखिएको बताए। यही बैठकमा ठोस छलफल हुनेछ। ‘जनयात्रालाई नै केन्द्रित गरेर सुदूरपश्चिम प्रदेशमा सांसद अशोक चौधरी र एक जना केन्द्रीय सदस्य संगठनको काम पनि गरिरहनुभएको छ। उहाँहरू आजै फर्कंदै हुनुहुन्छ। आजै साँझ हामी बैठक पनि बस्दैछौं। कसरी अगाडि बढाउने भनेर ठोस छलफल हुनेछ,’ श्रेष्ठले भने।

जनयात्रा नागरिकसँगको सम्बन्ध र महाधिवेशनमा नै केन्द्रित रहेको कार्यवाहक प्रवक्ता मनिषा झाले जनाए । रास्वपाभित्रै पार्टी बन्न नसकेको टिप्पणी हुन थालेको छ। सांगठनिक नीति फेरबदल गरिरहँदा मातहतका कमिटीहरू अस्थिरजस्तो देखिएका छन्।

महाधिवेशनलाई लक्ष्य गरेर अभियानकै रूपमा वडा र पालिका तहका समितिहरूको अधिवेशन तयारी गर्दा पनि अहिलेसम्म १८ वटा मात्रै पालिका अधिवेशन सकिएका छन्। पार्टीले चुनाव जितेका निर्वाचन क्षेत्रका पालिकामै अधिवेशन हुन सकेको छैन। ७५३ वटा पालिकामध्ये ४५० हाराहारीमा मात्रै तदर्थ समिति बन्न सकेका छन्। ६ हजार ७४३ मध्ये आधामा पनि रास्वपाको संगठन पुगेको छैन।त्यसैले जनयात्रालाई पार्टी निर्माणको रूपमा पनि उपयोग गर्ने तयारी रास्वपाको छ।

यो पनि पढ्नुहोस्

माकेशीत  मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

माकेशीत मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

५ घण्टा अगाडि
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने अडान रास्वपाकाे कायमै

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने अडान रास्वपाकाे कायमै

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

खोला मापदण्डको बिषयमा नेवा: समुदाय भित्रका जातिय समाजबीच छलफल हुँदै

 UPDTE :एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्याे

नागरिक बेच्नुपर्नेलाई लिएर सांसदहरुबीच चर्को विवाद

दुर्गा प्रसाईँ सहित ७ जनालाई पुर्पक्षकालागि थुनामा पठाउन आदेश

नेपाल कसैको मातहतमा रहेको छैन : प्रम ओली

‘प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको अदेश विरुद्ध आन्दोलन गर्छौ’

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक