काठमाडाैं । गृह मन्त्रालयले तीन वटा जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ।
मन्त्रीस्तरीय निर्णयअनुसार तनहुँ, रामेछाप र दैलेखका प्रमुख जिल्ला अधिकारीको सरूवा भएको हो।
तनहुँमा रहेका सिडिओ सहसचिव श्यामकृष्ण अधिकारीको रामेछापमा सरूवा भएको छ।
गृह मन्त्रालयमा रहेका रामकृष्ण अधिकारीलाई तनहुँमा पठाइएको छ भने मन्त्रालयमै रहेका बद्रिनाथ गैरेलाई दैलेखमा सरूवा गरिएको छ।
त्यस्तै रामेछापमा रहेका राजुप्रसाद अर्याललाई पनि मन्त्रालयमा सरूवा गरेको हो।