शनि, जेष्ठ ३२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

गभर्नर नियुक्तिमा डेञ्जर गेमप्लान, आउँदैछ रोचक ट्वीस्ट

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
गभर्नर नियुक्तिमा डेञ्जर गेमप्लान, आउँदैछ रोचक ट्वीस्ट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालमा गणतान्त्रिक शासन व्यवस्थाको उदयसँगै बिचौलिया तथा स्वार्थ समूहहरुको प्रभाव निरन्तर बढ्दो छ । विभिन्न व्यापारिक तथा व्यवसायिक स्वार्थ समूहहरुले राजनीतिक उतारचढाव र ठूला नियुक्तिहरुमा लगातार आफ्नो प्रभूत्व जमाउँदै आएका छन् । पछिल्लो समय यो क्रमले अझ तीव्रता पाइरहेको छ ।
बिचौलियाहरुको प्रभाव ठूला नियुक्तिहरुमा कुन स्तरमा बढ्दो छ भन्ने कुराको पछिल्लो उदाहरण बनेको छ नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिमा उनीहरुले एकपछि अर्को प्लान प्रस्तुत गर्दै आफ्नो गोजीको मान्छेलाई नियुक्ति दिलाउन हरसम्भव प्रयास गर्नू ।

अदालतका विभिन्न व्यवधान र विभिन्न खेलहरुका कारण बिचौलियाहरुले अगाडि सारेको पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री र डा. रविन्द्र पाण्डेका पक्षमा माहौल बन्न सकेन । अदालतले उनीहरुको गभर्नर बन्नसक्ने यात्रामा ब्रेक लगाइदिएपछि बिचौलियाहरुले प्लान बी, प्लान सी र प्लान डी नै बनाएर आफ्नै गोजीको मान्छेलाई गभर्नर बनाउने खेललाई निरन्तरता दिइरहे ।

यो क्रममा प्लान बी अन्तर्गत राष्ट्रबंैककै डेपुटी गभर्नर डा. निलम ढुंगानालाई गभर्नर बनाउने प्रयास समेत प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसको असहयोगका कारण सफल हुन सकेन । कांग्रेसले गभर्नर आफ्नो पार्टीको भागमा पर्नुपर्ने अडान नछाड्दा एमाले क्याडर समेत रहेकी निलमको गभर्नर बन्ने सम्भावना नदेखेपछि बिचौलियाहरुले प्लान सीको रुपमा अगाडि नै तयार गरेर राखेका डा. गुणाकर भट्टको नाम अगाडि सारे । पछिल्लो समय देशमा चिनिएका बिचौलिया दीपक भट्टको योजनामा डा. भट्टको नाम अगाडि सारिएको समेत पाइएको छ । गुणाकर भट्टको नाममा बिचौलियाहरुले जति पनि खर्च गर्ने भनेर वचन दिएका कारण उनलाई गभर्नर बनाउन बुढानिलकण्ठ लागिपरेको स्रोतको दाबी छ । दीपक भट्टलाई आफ्नो गेमप्लान सफल बनाउन शंकर ग्रुप लगायत ठूला घरानाहरुको साथ र सहयोग रहेको छ ।

प्लान सी अन्तर्गत डा. गुणाकर भट्टको नाममा कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजू देउवालाई सहमत गराउने काम गरेको बिचौलिया समूहले घुमाइफिराई प्लान डी अन्तर्गत कुनै फरक पात्रलाई अगाडि सारेर गभर्नर एमालेको भागमा पर्ने गरी खेल खेलिरहेको स्रोतहरुको दाबी छ । यदि गभर्नरको विषयमा बिग्रिएको माहौल यस्तै कायम रहिरहने हो भने बिचौलियाहरुको प्लान डी अन्तर्गतको कसैले नसोचेको पात्र गभर्नर बन्नसक्ने सम्भावना रहेको स्रोतहरु दाबी गर्छन् ।

बिचौलिया दीपक भट्ट र आरसी भट्टको समूहले आफूनिकटका व्यक्तिलाई नै गभर्नर बनाउने भन्दै यसअघि विभिन्न व्यापारिक समूहहरुबाट पैसा नै उठाएको विषय विभिन्न सञ्चारमाध्यमहरुमा सार्वजनिक भएका थिए । बिचौलिया समूहको पैसा उठाएर राजेन्द्रकिशोर क्षेत्रीलाई गभर्नर बनाउने प्रयास सफल नभएपछि उठिसकेको केही सय करोड खर्च गरी आफ्नो गोजीको मान्छेलाई नै केन्द्रीय बैंकमा ल्याउने प्रयासले सफलता पाउन लागेको बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सहमत भएको खण्डमा प्लान सी अन्तर्गतका डा. गुणाकरलाई गभर्नर बनाउने, तर सहमत नभएको खण्डमा उनलाई समेत फालेर एमालेकै कुनै क्याडरलाई गभर्नर बनाउने गरी बिचौलिया समूहले काम गरिरहेको बुझिएको छ ।

प्लान डी अन्तर्गत बिचौलिया समूहले डेपुटी गभर्नर बमबहादुर मिश्र वा प्रधानमन्त्रीका विकास सल्लाहकार डा. युवराज खतिवडाका छोरीज्वाईं डा. रामशरण खरेलको नाम ठीक्क पारेर राखेको समेत स्रोतको दाबी छ ।

गभर्नर भरसक कांग्रेसलाई नदिइने षड्यन्त्र

गभर्नरमा कांग्रेसले आफ्नो अडान नछाडेपछि अप्ठ्यारोमा परेका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यो वा त्यो कारण देखाएर आफ्नै नजिकका पात्रलाई गभर्नर बनाउने भित्री अभियानमा रहेका स्रोत दाबी गर्छ ।
यसअघि पनि अदालतमा मुद्दा हाल्न लगाएर वा विभिन्न आरोप तथा हल्लाहरु चलाएर कांग्रेसले दिएका नामहरुलाई विवादमा पार्ने र एमालेनिकट नाममा कांग्रेस सभापति देउवालाई सहमत गराउने ओलीको गेमप्लान रहेको देखिन्छ । यसैकारण कांग्रेसले दिइसकेको डा. गुणाकर भट्टको नाममा अझै पनि नियुक्ति गर्ने इच्छा सरकारले देखाएको छैन ।
कांग्रेसबाट आएका नामहरुको विषयमा भ्रम फैलाएर माहौला बिगार्ने, अदालत र अन्य निकायलाई लगाएर नियुक्तिको विषयमा अलमलको अवस्था बनाउने र खुसुक्क आफ्नो निकटको मान्छेलाई गभर्नर बनाउने गेमप्लानमा ओलीले बिचौलिया दीपक भट्टको साथ लिएको बालुवाटारस्थित स्रोतहरु नै दाबी गर्छन् । बिचौलियाको समेत काम गराउने समझदारीका साथ एमाले निकटकै मान्छेलाई गभर्नर बनाउन समेत नियुक्ति प्रक्रियालाई लम्ब्याइएको र गिजोलिएको आरोप लाग्ने गरेको छ ।

विश्व लामिछाने

 

यो पनि पढ्नुहोस्

विदेशी मुद्राको विनिमय दर ताेक्याे

विदेशी मुद्राको विनिमय दर निर्धारण

३ घण्टा अगाडि
यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु

यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

खोला मापदण्डको बिषयमा नेवा: समुदाय भित्रका जातिय समाजबीच छलफल हुँदै

 UPDTE :एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्याे

नागरिक बेच्नुपर्नेलाई लिएर सांसदहरुबीच चर्को विवाद

नेपाल कसैको मातहतमा रहेको छैन : प्रम ओली

माकेशीत मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

ओलीविरुद्ध खुल्न थाले एमाले नेताहरू !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक