काठमाडौं । शिक्षकहरूको आन्दोलन र विद्यालय शिक्षा विधेयकबारे संसद्मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जवाफ माग भएको छ । यस्तो माग सत्तापक्ष र प्रतिपक्षी दुवै तर्फका सांसदहरूले राखेका छन् ।
सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेकै सांसद सूर्य थापाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई जवाफ दिन आग्रह गरे । ‘हामी शिक्षा विधेयक यो अधिवेशनबाट टुंग्याउने प्रक्रियामा छौं ।
सिंगो संसद यसप्रति गम्भीर छ भन्ने अनुभुति देशले गर्ने गरी संसदमा शिक्षामन्त्रीज्युले विषयवस्तु राख्नुपर्छ । उहाँले संसदमार्फत सिंगो देशलाई जानकारी गराउनुपर्छ’ सांसद थापाले भने ।
एमाले सांसद थापाले आइतबार शिक्षकको आन्दोलनका क्रममा वानेश्वर क्षेत्रमा घटनाप्रति दुःख व्यक्त गरे । शिक्षक र प्रहरी दुवै राष्ट्रसेवक भएको जनाए ।
राष्ट्रसेवकमाथि आइतबारको जस्तो व्यवहार गरिनु उचित नभएको उनले जनाए ।