मङ्ल, असार ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कामपाले दर्ता भएका कुकुर बिरालोमा माइक्रो चिप्स जडान गरिदिने

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
तीन अर्बभन्दा बढी रुपियाँ बराबरको कुकुर र बिरालोको खाना  निर्यात
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । काठमाडौं महानगरपालिकाले कुकुर बिरालो दर्ता अभियान थालनी गरेको छ । स्वदेशी कुकुर निःशुल्क दर्ता हुने छ भने विदेशी कुुकुर वा बिरालो दर्ताका लागि मालिकले २ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने छ ।

महानगरपालिकाले दर्ता भएका कुकुर बिरालोमा माइक्रो चिप्स जडान गरिदिने छ । यसरी चिप्स जडान गरेको कुकुर बिरालो हराएमा खोज्न सजिलो हुने मेयर बालेन्द्र शाहले जनाएका छन् ।

कुकुर बिरालो दर्ता अभियानका सन्दर्भमा मेयर बालेन्द्रले जानकारीमूलक भिडियोसहित ‘घरपालुवा जनावरको सुरक्षाका लागि माइक्रोचिप अनिवार्य लगाऔँ’ शीर्षकमा एउटा सूचना प्रकाशित गरेका छन् ।

हेर्नुहोस् सूचना–

घरमा पाल्ने कुकुर, बिरालो जस्ता जनावर हाम्रो परिवारको हिस्सा पनि हो । बेला–बेलामा यस्ता घरपालुवा जनावरहरु हराएको, चोरी भएका गुनासो काठमाडौं महानगरपालिकामा आउने गरेका छन् । सो समस्याको समाधान माइक्रो चिपिङ मार्फत गर्न सकिन्छ । त्यस कारण हामीले माइक्रो चिपिङ कार्यक्रमलाई अभियानको रुपमा अगाडि बढाउँदै छौं ।

काठमाडौं महानगरपालिकाले कुकुर–बिरालो व्यवस्थापन, नियन्त्रण र दर्ता कार्यविधि, २०७९ जारी गरेको छ । यस कार्यविधिको दफा ३ (च) मा महानगर क्षेत्रभित्रका घरपालुवा कुकुर र बिरालोको दर्ता अनिवार्य गरिएको छ । यसअनुसार, महानगरपालिकाले कुकुर-बिरालो दर्ता तथा माइक्रो चिपिङ कार्यक्रम सञ्चालन सुरु गरेको छ ।

काठमाडौं महानगरपालिकाको ‘आर्थिक ऐन २०८१’ अनुसार, नेपाली जातका सामुदायिक कुकुर वा बिरालो घरमा पालेर आफ्नो नाममा दर्ता गराएमा वडाबाट निःशुल्क दर्ता गरिनेछ । तर, विदेशी जातका कुकुर वा बिरालोको हकमा भने प्रतिजनावर रु. २,००० सेवा शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

कार्यविधिको दफा ७ अनुसार, कुकुर बिरालोमा माइक्रोचिप लगाएर सम्बन्धित वडा कार्यालयमा दर्ता गराउने दायित्व स्वयम कुकुर बिरालो पाल्ने व्यक्तिको हो । माइक्रोचिप लगाइएका कुकुर बिरालोको मृत्यु भएमा, स्थानान्तरण गरेमा वा हराएमा मालिकले ७ दिनभित्र सम्बन्धित वडा कार्यालयमा जानकारी दिन समेत हामी आग्रह गर्न चाहन्छौँ ।

माइक्रो चिपले हराएका कुकुर वा बिरालोलाई मालिकसँग पुनर्मिलन गराउन महत्त्वपूर्ण भूमिका खेल्छ । यो सानो चिपले स्थायी पहिचान प्रदान गर्छ र हराएको पाल्तु जनावरलाई सहजै भेट्टाउनका लागि सहजीकरण गर्दछ ।

माइक्रोचिप लगाउने प्रक्रिया छिटो, सुरक्षित र किफायती छ । त्यसैले हामी ८ हप्ताभन्दा माथिका कुकुरमा माइक्रोचिप अनिवार्य रुपमा लगाउन आग्रह गर्न चाहन्छौ । साथै कुकुर बिरालो बेच्न वा अरूलाई दिनुअघि माइक्रोचिप अनिवार्य लगाउन अनुरोध गर्दछौँ ।

यो पनि पढ्नुहोस्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप

तेहरान खाली गर्न ट्रम्पले दिए सल्लाहार

३७ मिनेट अगाडि
इजरायलले इरानको सरकारी टेलिभिजन स्टुडियोमै लाइभ न्युज चलिरहकै बेला आक्रमण

इजरायलले इरानको सरकारी टेलिभिजन स्टुडियोमै लाइभ न्युज चलिरहकै बेला आक्रमण

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

‘अलबिदा’ भनेर टाढिएका चिकित्सक फेला

चट्याङसहित भारी वर्षाको सम्भावना

पक्राउ पुर्जीविरुद्ध पत्रकार पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन

आज सुन र चाँदीको मूल्य स्थिर

खाेला मापदण्डविरूद्व बृहत प्रर्दशन हुने

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक