शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्काउन सरकारलाई आदेश

2.2k
SHARES
27k
VIEWS

काठमाडौं । आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्काउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको हो।

आदेशमा भनिएको छ, ‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले ३ दिन भित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठन पाठन गर्ने वातावरण सुनिश्चित गर्नू।’

गत चैत २० गतेदेखि शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा छन्। विद्यालय शिक्षा ऐनलगायत २४ वटा माग राखेर उनीहरूले काठमाडौंका सडक तताइरहेका छन्।

सरकारसँगको वार्ताका लागि अनेकन प्रयास भए पनि सफल हुन सकिरहेको छैन।

आदेशः

यो पनि पढ्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist