काठमाडौं। जम्मू कश्मीरको बन्दीपोरामा शुक्रबार आतंककारी र सुरक्षा बलबीच मुठभेड जारी रहेको छ ।
भारतीय सेनाको चिनार कोरले दिएको जानकारी अनुसार विशिष्ट गुप्तचरको आधारमा, भारतीय सेना र जम्मू कश्मीर प्रहरीले आतंककारीहरूको उपस्थितिको सम्बन्धमा बन्दीपोराको कोलनार अजस क्षेत्रमा संयुक्त खोजी अभियान सुरु गरेकोमा अहिले आतंककारीहरूसँगको मुठभेड अझै जारी छ ।
यसअघि बिहीबार उधमपुरमा सुरक्षा बल र आतंककारीहरूबीच भएको मुठभेडमा एक सैनिकको मृत्यु भएको थियो । मंगलबार जम्मू कश्मीरको पहलगाममा आतंकवादी हमला भएको थियो ।
यस आक्रमणमा २६ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन् ।