काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले बढेको छ। चार दिनसम्म लगातार घटेको सेयर बजार बिहीबार भने सामान्य अंकले बढेको हो। आज नेप्से परिसूचक २.०८ अंकले बढेर २६५८.०२ विन्दुमा पुगेको छ।
कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ७० करोड ३४ लाख बराबरको सेयर कारोबार भयो।बैंकिङ, हाइड्रो, इनभेस्टमेन्ट, मेचुअल फन्ड र ट्रेडिङ समूहका उपसूचक बढेका छन्। बाँकी समूहका उपसूचक भने घटेका छन्। आज इन्भेस्टमेन्टतर्फ लगानी कर्ताको आकर्षण बढेको छ। यस उपसूचक २.४९ प्रतिशतले बढेको छ।