काठमाडौं । प्रत्येक १२ वर्षको एक पटक देखाइने श्री हल्चोक आकाश भैरवको विशेष जात्रा सुरु भएको छ।
जात्राको पहिलो दिन वैशाख १ गते हल्चोक आकाश भैरवको गुठीको घर अगाडि नृत्य प्रदर्शन गरेको थियो । बैशाख २ गते हल्चोकबाट देवी देवताहरूलाई ताम्सिपाखामा ल्याएर जात्रा सुरू भएको हनुमानढोकामा नाच नचाएको थियो ।
जात्राकाे तेस्रो दिनदेखि काठमाडौंको विभिन्न डवलीमा नाच देखाएपश्चात र वैशाखको अन्तिम दिन हल्चोकमा फर्किने गरिन्छ।
देशकाे पहिचान बाेकेकाे यस जात्रा राजा अमर मल्लले श्री हल्चोक आकाश १२ बर्ष जात्रा चलाएको जात्रा धार्मिक, सांस्कृतिक तथा एैतिहासिक रुपले महत्वपुर्ण मानिन्छ । दिनदिनै जात्राको लागि हल्चोकबाट पितलको सन्द्रुकमा देउताको मुकुट, पोशाक, गरगहना र हतियार राखेर काठमाडौं महानगरपालिका १८ वडा स्थित ताम्सपाखामा ल्याइएको थियो ।
बाह्र बर्षे जात्राको क्रममा श्री हल्चाके आकाश भैरवको देवगणाका रूपमा १० जना देवी देवगणहरू रहेको हुन्छ । जस अन्तर्गत चण्डी, कुमारी, श्री हल्चोक आकाश भैरव, गंगा, महाद्यः, पार्वती, आकाशदेवी, बाराही, महाकाली व दक्षिणकाली मुख्य पात्रको रुपमा रहेको छ ।
यस आकाश भैरवको जात्रा आज भन्दा १०३८ बर्ष पहिले नेपाल सम्वत् १०७ मा संस्थापक राजा गुणकामदेवको सपनामा महालक्ष्मी देवीले भैरब स्थापना गर्न आदेश दिनु भएको भनि वंशाबलीमा उल्लेख गरिएको पाइन्छ ।
राजा गुणकामदेवले काठमाडौको रक्षा गर्नका लागि चौर दिशामा अष्टमातृका स्थापनाका साथै विभिन्न भैरव पनि स्थापना गरेको किम्बदन्तीमा रहेको छ ।
श्री हल्चोक आकाश भैरवलाई वायु तत्वको रुपमा पनि पुजिने गरिएको छ । यो देवगण नाच देखाएमा सो स्थल पवित्र हुने, रोग भय, संकट तथा राज्यमा शत्रु भयबाट मुक्त हुने जनविश्वास रहेको छ ।
उपत्यकामा देखाइने अन्य १२ बर्षे नाचको तुलनामा यो देवगण नाच आर्कषक रहेको यो देवगण नाच अवधिभर झ्याल, कौशीबाट हेर्न नहुने तथा आकाशदेवीसित आँखा जुधाएर हेर्न नहुने मान्यता रहेको छ ।
प्रत्येक बर्ष येँया पुन्ही इन्द्र जात्राका दिन सवः भकु नाच नचाइने चलन रहेकाे छ । नयाँ बर्ष वैशाख १ गतेबाट एक महिना बैशाख महिनाभरि देखाइने गरिन्छ ।
भिडियाे तल किलिक गरेर हेर्न सकिने छ :