काठमाडौं । तीनकुनेको प्रदर्शनपछि पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र र सो प्रदर्शनका जनकमान्डर दुर्गा प्रसाईं लगायतमाथि अनुसन्धान ३ दिन म्याद थप भएको छ ।
जिल्ला अदालत काठमाडौंले उनीहरुलाई हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई थप समय प्रदान गरेको हो ।
प्रसाईँमाथि अनुसन्धान गर्न यसअघि १२ दिनको म्याद दिइएको थियो । त्यस्तै रवीन्द्र मिश्रलगायत २० जनाविरुद्ध २६ चैतमा १५ दिनको म्याद थप गरिएको थियो ।


