काठमाडाैं । विभिन्न वायुसेवा कम्पनीसँग आवद्ध रहेका नेपाली पाईलटहरू एउटै छानामुनी संगठित हुने अभिप्रायले हालै पाईलट एसोसिएसन अफ नेपाल सञ्चालनमा ल्याईएको छ ।
जससँगै संगठित पाईलटहरू पाइलटको व्यवसायिकता अभिवृद्धि तथा जनचेतना अभिवृद्धिका माध्यमबाट नेपालको हवाई उड्ययन क्षेत्रममा सकारात्मक अभिबृद्धि ल्याउन थप अग्रसर देखिएका हुन् ।
उक्त प्रयासको पहिलो कदमका रूपमा भोलि शनिबार मल्ल होटलमा नेपालको पहिलो पाईलट समिट, स्काईवेल पाईलट समिट २०२५ आयोजना हुँदैछ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको उपस्थितिमा ुहुनेछ । जसका लागि टाईटल स्पोनसरको रूपमा स्काईवेल, नेपालको पहिलो रियल इभी एसयुभीले साथ दिएको हो ।
टाईटल स्पोनसरको रूपमा गरिएको सम्झौता हस्ताक्षर समारोहमा स्काईवेल नेपालका आधिकारीक आयातकर्ता जि.मोटर्स प्रा.लि.का प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले पाइलट जस्तो संवेदनशील पेशाकर्मीसँगको साथ र ऐक्यबद्धतामा सरिक हुन पाउँदा खुशी व्यक्त गर्दै, यात्रुको सुरक्षामा उच्चतम विन्दुको मापदण्ड अपनाउने पाइलट र स्काईवेल दुवैको उद्देश्यमा मेल खाने भएकैले यो सहकार्य सम्भव भएको बताए ।
यहाँ स्मरणीय छ स्काईवेल चिनमा उत्पादन भएर ६५ मुलुकमा निर्यात हुँदै आएको अग्रणी इयु प्रोडक्ट सर्टिफाईड इलेक्ट्रिक इभी हो भने यसले चाईना एनक्याप सेफ्टी रेटिङमा फाईभ स्टार रेटिङ् प्राप्त गरेको छ ।
फाईभ स्टार एनक्याप सेफ्टी रेटिङ्को सबैभन्दा उच्चतम मापदण्ड हो ।
नेपालकै पहिलो पाईलट समिटको टाईटल स्पोनसरको रुपमा रहेको स्काईवेल सन् २०२५ का लागि पाईलट एसोसिएसन अफ नेपालको आधिकारीक मोविलिटी पार्टनरको रूपमा चिनिनेछ ।
सम्झौतामा हस्ताक्षर गर्दै पाईलट एसोसिएसन अफ नेपालका अध्यक्ष क्याप्टेन लेखनाथ पोख्रेलले स्काईवेलले शुरुवाती चरणमै देखाएको तत्परता र विश्वास प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दै यात्रुको आरामदायिता र सुरक्षामा दुई प्रतिबद्ध संस्थाको सहकार्यको यो अनुपम नमूना भएको बताए । यस समिटको अवसर पारेर पाईट एसोसिएसनको औपचारीक शुभारम्भ घोषणा समेत गरिनेछ ।
सो समारोहमा सन् २०२५ भर नेपालको हवाई उड्डयनको सुरक्षा तथा संवेदनशीलताका क्षेत्रमा पाइलट एसोसिएसनले जनचेतना तथा व्यावसायिकता अभिवृद्धिका लागि आयोजना गर्ने विभिन्न कार्यक्रमको बार्षिक क्यालेण्डर समेत सार्वजनिक गरिने छ।


