मङ्ल, पुस १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पत्रकार सुरेश रजकको हत्या प्रकरणको बारेमा उच्चस्तरीय छानविन समिति गर्न माग

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 min read
0
पत्रकार सुरेश रजकको हत्या प्रकरणको बारेमा उच्चस्तरीय छानविन समिति गर्न माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले पत्रकार सुरेश रजकको हत्या प्रकरणको बारेमा उच्चस्तरीय छानविन समिति बनाएर सत्य, तथ्य छानविन गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रेको छ ।
संगठनले बिहीबार काठमाडौंको रत्नपार्क, शान्तिबाटिकामा मौन प्रदर्शन गरेको छ । गत १५ चैतमा तिनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनका क्रममा एक घरमा पत्रकार रजकको जलेर मृत्यु भएको थियो । पत्रकार रजकसहित दुई जनाको मत्यु भएको थियो । राजावादीहरुको हंसात्मक प्रदर्शनका क्रममा सरकारी, निजी भवन, पार्टी कार्यालय, व्यापारिक भवनमा लुटपाट, आगजनी, तोडफोड समेत भएको थियो ।

संगठनले पत्रकार रजकको मृत्यु नभई हत्या भएको जनाएको छ । रजकको हत्याबारेमा उच्चस्तरीय छानविन समिति गठन गरी छानविन गर्नुपर्ने, दोषीलाई कडा कारवाही गर्नुपर्ने, शहिद घोषणा गर्नुपर्ने, उनको परिवारलाई क्षतिपुर्ति दिनुपर्नेलगायतका माग गर्दै आन्दोलनमा उत्रेको संगठनका उपाध्यक्ष सुभाष साहले जानकारी दिए ।

प्रदर्शन हिंसात्मक बनेको दृश्य छायांकन गरिरहेका सञ्चारकर्मी रजकको रहस्यमय तवरले जलेर मृत्युभएपछि संगठनले विभिन्न माग गर्दै आन्दोलनमा उत्रेको हो । सभाको समापन सम्बोधन गर्दै संगठनका अध्यक्ष एवं वरिष्ठ पत्रकार शम्भु श्रेष्ठले यति ठूलो घटना हुनु र जनधनको ठूलो क्षति हुँदापनि सरकारले छानबिन आयोग गठन नगर्नुले घटना थप रहस्यमय भएको टिप्पणी गरे । ‘सरकारले आफ्नो गल्ती, कमजोरी लुकाउन छानबिन आयोग गठन नगरे पनि सुरेश रजकको हत्याको छानबिन आयोग पत्रकारहरुसँग सम्बन्धित संगठनहरुले मिलेर गर्नुपर्ने अवस्था आएको छ,’ श्रेष्ठले भने ।

यस्तै नेपाल पत्रकार महासंघका पूर्व कार्यवाहक अध्यक्ष एवं वरिष्ठ पत्रकार रमेश विष्टले सञ्चारकर्मी रजकको मृत्यु प्रकरणमा प्रदर्शन आयोजक प्रमुख नवराज सुवेदी र दुर्गा प्रसाईंमाथि संगठनले ज्यान मुद्दा जाहेरी दर्ता गर्नुपर्ने जनाए। यस्तै, दिवंगत सुरेशका दाजु पत्रकार दिनेश रजकले भाइको विभत्स तरिकाले हत्या गरेर पत्रिकाले छोपेको अवस्थामा शव फेला परेको जानकारी गराउँदै अपराधीहरुले घटनाको वास्तविकता लुकाउन सुरेशले त्यसबेला दृश्य छायांकन क्यामेरा र मोबाइल लुटेको जनाए ।

कार्यक्रममा वरिष्ठ पत्रकारहरु, संगठनका पदाधिकारी, सदस्यसहित विभिन्न मिडियामा कार्यरत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । यसअघि संगठनले रजकको परिवारलाई आर्थिक सहयोगसमेत गरेको छ ।

यो पनि पढ्नुहोस्

कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने

निर्वाचन आयोग समन्वय उपसमितिमा सदस्यहरु मनोनित

९ घण्टा अगाडि
कामपाले पुँजीगत खर्चलाई बढाउने

कामपाले पुँजीगत खर्चलाई बढाउने

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरकाे भरियाँपुखूबाट बाइक चाेरी

उर्मिलाको स्वर, शंकरको शब्द, संगीतमा ‘ख्रीष्टको प्रेममा’ रिलिज

चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

“भक्तिको शक्तिलाई अस्विकार गरौ”

डुबेर  र आगलागीमा जलेर मृत्यु

पासवर्ड दुरुपयोग गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक