मङ्ल, पुस १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

कम्युनिष्ट आन्दोलन आज कमजोर किन ?

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 min read
0
प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-लोकनारायण सुबेदी

हाम्रो देश नेपालमा आज पनि नेपाली जनताको ठूलो हिस्साले कम्युनिष्ट आन्दोलनलाई समर्थन गर्दछ ।बिगत लामो समयको कुरालाई परै छाडेर बर्तमान स्थितिलाई त्यसमा पनि खाशगरी २०६२/६३ को आन्दोलन पछिको स्थितिलाई मात्र हेर्ने र केलाउने हो भने  पनि यो कुरा छर्लंग हुन्छ ।तर नेपाली जनताको ठूलो समर्थन पाएको यो कम्युनिष्ट आन्दोलन आज अनेक बिकृति र बिसंगतिले अत्यन्तै आक्रान्त छ। त्यसले गर्दा यस आन्दोलनप्रतिको जनताको समर्थन गुम्ने र जनताको यो आन्दोलनले सही दिशा र गति प्राप्त गर्न नसक्ने गम्भीर खतरा पैदा हुँदै गएको छ । फलतः यस आन्दोलनले नेपाली जनता र राष्ट्रको हितमा काम गर्न सक्ने हो कि  होइन भन्ने आज ठूलो सन्देह उत्पन्न भएको र गम्भीर  प्रश्न पनि खडा भएको छ ।

कम्युनिष्ट आन्दोलनको आधारभूत धेय भनेको जनता र राष्ट्रले भोगिरहेका शोषण उत्पीडनका तत्कालीन र दीर्घकालीन तमाम समस्यालाई हल गर्ने दिशामा यो आन्दोनलाई सुस्पष्टसरूपमा केन्द्रित र दृढरूपमा खडा गर्नु हो । त्यसको निमित्त यो आन्दोलन हाक्ने कम्युनिष्ट नेता तथा कार्यकर्ताहरु बैचारिक,सैद्धान्तिक र नीतिगत सबै किसिमले प्रष्ट दृष्टिकोण बनाएर तदनुरुप अघि  बढ्न तयार हुनु पर्दछ । आजको बिश्वको बद्लिदो परिबेश खाशगरी बिश्वमा बिज्ञान र प्रबिधिको क्षेत्रमा आएको र दिनानुदिन आइरहेको क्रान्तिकारी परिवर्तन र त्यसले ल्याउने सामाजिक चेतना तथा जीवन प्रकृयामा आउने परिवर्तनलाई राम्ररी आत्मसात गर्न यो आन्दोलनले सक्नु र सिक्नु पर्दछ । त्यसका लागि जनता र राष्ट्रका समस्या हल गर्ने अहिलेसम्मको सबैभन्दा बिकसित बैज्ञानिक सामाजिक सिद्धान्त अर्थात मार्क्सबादकोआधारभूत ज्ञानको गहिरो र सघन अध्ययन तथा त्यस आधारमा अर्थ–सामाजिक–राजनीतिक स्थितिको बिश्लेषण र सश्लेषण गर्ने र सही निचोड निकालेर अघि बढ्ने क्षमता, दक्षता र निपूणता हासिल गर्न सक्नु पर्दछ । यसको अभावमा केवल हुल हाल  जम्मा गरेर जाल झेलका आधारमा नेतागिरी गर्ने र त्यसलाई कम्युनिष्ट आन्दोलनको संज्ञा दिने र खोल ओढाउने कार्यले यस  आन्दोलनको धेय र उदेश्य कदापि पूरा हुन सक्तैन । अरुको कुरा छोडेर हाम्रै देशको स्थितिले मात्र पनि यो कटु यथार्थ निरन्तर औंल्याइरहेको छ ।

वास्तवमा कम्युनिष्ट आन्दोलन जनतालाई जगाउने, संगठितरुपमा उठाउने र उनीहरुका यूगौंदेखिका दुःख कष्टबाट मुक्त गरेर उनीहरुलाई नै  अघि बढाउने एउटा उच्च मानबीय,  नैतिकतायुक्त र अग्रगामी आन्दोलन हो । यसले जनता र देशले भोगिरहनु परेका आधारभूत समस्याहरुको पहिचान गराउँदछ र तिनको मात्रात्मक तथा गुणात्मक निर्णायक परिवर्तनको बाटो औंल्याउँदै तिनबाट मुक्ति पाउने आन्दोलनकारी ऊर्जा,उत्साह र शक्ति निर्माण गर्नुपर्ने आवश्यकताको बोध गराउँदछ । त्यसैले यस आन्दोलनले समाज परिवर्तनको नियम – बर्ग संघर्ष, उत्पादन संघर्ष र बैज्ञानिक प्रयोगको शतत ज्ञान शोषण उत्पीडनमा परेका जन समुदायलाई अनिवार्यरुपमा हरहमेशा दिइनु पर्ने कुरामा सदा सर्बदा जोड दिन्छ । समाज परिवर्तनको मूख्य इञ्जिन (प्राइम इञ्जिन) बर्ग संघर्ष हो  किन भनिएको हो भन्ने कुराको आधारभूत र गम्भीर ज्ञान कम्युनिष्ट नेता कार्यकर्तामा अनिवार्यरुपमा हुनु पर्दछ भन्ने कुरा यसले निरन्तर औंल्याइरहेको र दर्शाइरहेको हुन्छ र हुनुपर्दछ ।

समाज र प्रकृतिका तमाम बिकास र परिवर्तनहरु त्यस समाज र प्रकृति भित्रका अधिशासित नियम (गभर्निङ्ग ल अफ सोसाइटी एण्ड नेचर) अनुसार परिचालित हुन्छन् । ती कसैको मनोगत इच्छा आकांक्षा र कर बल या जोर जबर्जस्तीले हुने कुरा होइनन् । त्यसैले आफुलाई कम्युनिष्ट नेता तथा कार्यकर्ताकोरुपमा प्रस्तुत गर्न चाहने कसैले पनि समाज परिबर्तनका यी आधारभूत कुरालाई राम्रोसँग बुझ्न, ब्याख्या र बिश्लेषण गर्न सिक्नु र सक्नु पर्दछ । त्यसै अनुसार समाज कुन चरण या उपचरणबाट किन गुज्रिरहेको छ भन्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय समस्याका कुरा खुट्ट्याउन सक्नु पर्दछ र अन्तरबिरोधको पहिचान र परिचालन गर्न सक्ने प्रवीणता हासिल गर्न सक्नु पर्दछ ।

मार्क्सवादी द्वन्दात्मक भौतिकबादी बिश्व दृष्टिकोणले ‘बिपरीत तत्वको एकता र संघर्ष’ कसरी हुन्छ भन्ने कुरालाई अघि सार्दछ, परिवर्तनले ‘मात्रात्मकबाट गुणात्मक स्थितिमा फड्को मार्ने’ कुरा कसरी हुन्छ भन्ने परिवर्तनको नियमलाई स्पष्ट पार्दछ र कसरी परिवर्तनको प्रकृयामा ‘निषेधको निषेधको नियम’(ल अफ नेगेसन अफ नेगेसन) लागु हुन्छ भन्ने अत्यन्तै महत्वपूर्ण कुरालाई आत्मसात गर्नुपर्ने आवश्यकताको बोध गराउँदछ । यी आधारभूत र महत्वपूर्ण कुरा नबुझी नबुझाई कोही पनि कम्युनिष्ट हुन सक्तैन र कसैलाई पनि कम्युनिष्ट नेता कार्यकर्ता बनाउन पनि सकिदैन । तर यति अध्ययनले मात्र पनि पुग्दैन ।

परिवर्तनका यी आधारभूत नियमलाई सामाजिक ब्यवहारमा कार्यान्वयन गर्न सदा तत्पर र क्रियाशील हुनु अझ बढी कम्युनिष्ट आन्दोलनका अभियन्ताका लागि  आवश्यक छ ।यसले देश र जनताले भोगिरहेका समस्याहरुको गहिरो ज्ञान र ती समस्याबाट बाहिर निस्कने उपायहरुको निमित्त सघर्षको सही बाटो अख्तियार गर्न सक्नुपर्दछ भन्ने यथार्थलाई औंल्याउँदछ । बर्ग संघर्षलाई सही किसिमले नबुझ्ने, नबुझाउने र सर्बहारा बर्गको अधिनायकत्व किन आवश्यक छ भन्ने कुराको सही अर्थमा बोध नगर्ने कुनै पनि नेता कार्यकर्ता  जुनसुकै र जतिसुकै ठूलो पदमा बसेर कम्युनिष्टको बिल्ला लगाए पनि र  जतिसुकै कम्युनिष्टको ‘रामनामी’ जपे पनि  कीमार्थ कम्युनिष्ट हुन  सक्तैन । किनभने कम्युनिष्ट बन्नु भनेको एउटा असल आचरण, चिन्तन, चरित्रको अर्को नाम त हुँदै हो, त्यसमा पनि कम्युनिष्टले सबै किसिमका अन्धबिश्वास, कुरीति, पाखण्ड, रहस्य र तिलस्मी किसिमका सबै अबैज्ञानिक कुराहरुको सदा सर्बदा पर्दाफास गरिरहनु पर्दछ । त्यो ब्यवहारले देखाइरहनु पर्दछ । त्यसो नगरीकन शोषण र अन्यायको बिरुद्ध कम्युनिष्ट आन्दोलन साँच्चो अर्थमा खडा हुन पनि सक्तैन र त्यसले जनताको बिश्वास जित्न पनि सक्तैन । चुनाव मात्र जित्ने कम्युनिष्टको धेय हुँदा पनि होइन । यद्यपि त्यसलाई पनि त्यसका सीमा र सामर्थ्यहरुलाई बुझेर उच्च परिवर्तनका लागि जन चेतना जगाउन र जनतालाई अघि बढाउने आन्दोलनकारुपमा एउटा संघर्षको सहयोगी थलो या मञ्चकोरुपमा लिन  सकिन्छ  र लिनु पनि पर्दछ ।

यी तमाम कुराले प्रष्ट पार्दछन् कि कम्युनिष्ट हुन र रहिरहन सहज र सरल कुरा छैन । तर समाज र संसारका अगाडि साच्चै नै  असल मान्छे बन्ने हो भने कम्युनिष्ट हुने बाटोमा अग्रसर हुनै पर्दछ भन्ने कुरा पनि त्यत्तिकै सत्य हो । किनभने कम्युनिष्ट आन्दोलनले शोषणयुक्त समाजबाट अगाडि बढेर बिद्यमान समाजलाई शोषणमुक्त समाज बनाउने बाटो अख्तियार गरेको छ र त्यसै गर्नु पर्दछ भन्ने कुरामै यो आन्दोलन केन्द्रित छ, हुनुपर्दछ  । यो आन्दोलन कुनै ब्यक्ति बिशेषको या समूह बिशेषको पद, पैसा, प्रतिष्ठाका लागि नभएर बर्गीय शोषण र सामाजिक उत्पीडनबाट मुक्ति र सबै शोषित उत्पीडित जन समुदायको शतत प्रगतिको बाटोमा रहेका बिघ्न बाधाहरुलाई सदा सदाका निमित्त समाप्त पार्ने र निरन्तर पञ्छाउँदै जाने आन्दोलन हो ।

प्रष्ट छ, कम्युनिष्ट आन्दोलन कुनै रहर या बाध्यताको आन्दोलन नभएर समाज बिकास र प्रगतिलाई सही दिशा र गति दिने एउटा अनिवार्य र अपरिहार्य आवश्यकता हो । त्यसैले यसले तमाम मजदुर, किसान, महिला, यूवा–बिद्यार्थी, राष्ट्रिय पूँजीपति, तथाकथित दलित अर्थात शिल्पी समुदाय, जनजाति, मधेशी, मुस्लिम, अल्पसंख्यक, सीमान्तीकृत, लोपोनमुख समुदायको पक्षमा समग्रमा आधारभूत जनताको साथमा खडा हुनु पर्दछ भन्ने यसको पहिलो र आधारभूत शर्त हो । यसको अभावमा यो जनताको आन्दोलन कदापि बन्न सक्तैन । वास्तवमा श्रमजीवी जनताको एकताको खोजी गर्नु र बिश्वका सम्पूर्ण श्रमजीवी जनता एक हौं भन्नुको अर्थ पनि त्यही नै हो । तर अहिले देशमा जनताको पक्षमा, राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनताको पक्षमा खडा हुने कुरा नै एउटा साधारण ख्याल ठट्टा र हस्यौलीको कुरा जस्तो भएको या बनाइएको छ ।

किनभने कम्युनिष्ट भनिने कतिपय ठूला र साना पार्टीका नेता कतिपय कार्यकर्ताहरु समेत पनि कम्युनिष्ट चरित्रबाट नराम्रोसित स्खलित भएर यो अत्यन्तै गम्भीर महत्वको आन्दोलनलाई सामान्य मागिखाने भाँडोमा परिणत गर्ने र त्यसकै लागि ती पार्टीहरुमा तस्करी, कालोबजारी र दुइ नम्बरी धन्धा गर्नेहरुलाई समेत ढोका खुल्ला राखिएको छ र उनीहरुलाई रातो तुल ओछ्याएर स्वागत गर्न उद्यत रहने गरिएको छ । वास्तवमा ‘बिलाश र बैभव’को बिल्कुलै गलत बाटोमा  (केही  अपवादलाई छाडेर)प्रायः सत्तामा बारम्बार पुगेका सबै ब्यक्तिहरु नै तल्लिन भएर लागेपछि नै कम्युनिष्ट आन्दोलनप्रति नेपालमा नकारात्मक स्थितिले पहिले कहिल्यैभन्दा आज झन् बढेर बिकराल रुप लिएको हो । जसले गर्दा पारदर्शीता होइन, जाल झेल र तिकडमबाजीलाई नै कम्युनिष्ट हुँ भन्ने नेताहरुले अँगाल्ने र त्यसैमा महारत हासिल गर्ने गरेका छन् । जुन बिल्कुलै गैर कम्युनिष्ट बाटो- कम्युनिष्ट आन्दोलनभन्दा एकदमै भिन्न र बिपरीत पाटो हो । देश  र जनताप्रति निष्ठा, त्याग र समर्पणको अभावका करण वास्तवमा आज कम्युनिष्ट आन्दोनलको प्रतिष्ठा र मर्यादामाथि नै अत्यन्तै ठूलो आँच पुगेको र पुगिरहेको छ ।

सामान्यतः नेपाली जन आन्दोलन र बिशेषतः नेपाली कम्युनिष्ट आन्दोलन यस्ता अबाञ्छित बिकृति र बिसंगतिहरूबाट बच्छ कि त्यसैमा फँस्छ त्यसले नै यसको भबिष्य के कस्तो बन्छ भन्ने कुराको निर्धारण गर्दछ । नाम मात्र कम्युनिष्ट पार्टी राखेर सबै गलत कुरा गर्दै जाने हो भने त्यो कम्युनिष्ट आन्दोलन कीमार्थ हुन सक्तैन । त्यो कम्युनिष्टको नाममा देश र जनतालाई धोका दिने र अल्मल्याउने र  ठग्ने अबाञ्छित प्रपञ्च मात्र हुन्छ । यो कम्युनिष्ट नैतिकताको कुरा बिल्कुलै हुदैन र कदापि हुन सक्तैन । यो त बाटो बिराएर या जानी जानी झोडीतिर पस्ने र फँस्ने तथा फँसाउने कुरा मात्र कुरा हो ।  कम्युनिष्टको बिल्ला भिरेर जनतालाई झुक्याइदैमा जतिसुकै ठूलो पदमा पुगे पनि र जतिसुकै ठूलो संगठन बनाए पनि कोही पनि सही कम्युनिष्ट हुन सक्तैन । बरु ‘नील बर्ण स्यालको कथा’ दोहोरिने कुरा भने निश्चित प्राय: छ । नेपालका पछिल्ला राष्ट्रघाती कदमहरू एमसीसी, एसपीपी र  युगौंदेखि नेपालमा रहेबसेका नेपाली धरती–पुत्र रैथाने नेपालीहरुलाई नागरिकताबाट बञ्चित गर्ने र बिदेशीलाई रातारात नागरिकता प्रदान गर्ने अतिक्रमणकारी कालो नागरिकता बिधेयक जसरी नेपालमाथि लादिदैछ त्यसले कम्युनिष्ट आन्दोलनलाई बद्नाम गर्ने काम सीवाय अरु केही गर्दैन । यी सबै कुराका आधारमा प्रष्ट हुन्छ कि दृढ कम्युनिष्ट आचरण र उच्च नैतिकता बिना कम्युनिष्ट आन्दोलन कायम रहन र अघि बढ्न कदापि सक्दैन । साबधान !

 

यो पनि पढ्नुहोस्

युरोपमा एक शुक्रकिटदाताको शरीरमा क्यान्सरको जोखिम बढाउने म्युटेशन भएको पत्ता लागेपछि

युरोपमा एक शुक्रकिटदाताको शरीरमा क्यान्सरको जोखिम बढाउने म्युटेशन भएको पत्ता लागेपछि

१० मिनेट अगाडि
एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

५१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरकाे भरियाँपुखूबाट बाइक चाेरी

उर्मिलाको स्वर, शंकरको शब्द, संगीतमा ‘ख्रीष्टको प्रेममा’ रिलिज

चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

“भक्तिको शक्तिलाई अस्विकार गरौ”

डुबेर  र आगलागीमा जलेर मृत्यु

पासवर्ड दुरुपयोग गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक