बुध, मंसिर २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सङ्घीय संसद्को बजेट अधिवेशन आह्वान

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
0
सङ्घीय संसद्को बजेट अधिवेशन आह्वान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को बजेट अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १२ गते दिउँसो १ बजे दुवै सदनको बैठक आह्वान गर्नुभएको हो । राष्ट्रपतिको आह्वान अनुसार सङ्घीय संसद् सचिवालयले बैठकमा उपस्थितको सूचना जारी गरिसकेको छ ।

हिउँदे अधिवेशन अन्त्यको तीन सातापछि प्रारम्भ हुने गरी बैठक बोलाइएको हो । हिउँदे अधिवेशन चैत १९ गते अन्त्य गरिएको थियो । विद्यालय शिक्षा विधेयक पारितको माग गरेर शिक्षकले चरणबद्ध आन्दोलन जारी राखेपछि सरकारले यसअघिका प्रचलनभन्दा दुई साताअघि अधिवेशन आह्वान गरेको हो । बजेट अधिवेशनमा सङ्घीय संसद्मा राष्ट्रपतिबाट सम्बोधन हुने छ ।

सरकारको वार्षिक नीति तथा कार्यक्रम बजेट अधिवेशनमै राष्ट्रपतिबाट पेस हुने छ । अधिवेशनमा बजेटका प्राथमिकता र सिद्धान्तको छलफल तथा संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते वार्षिक बजेट पेस हुने छ ।

यस्तै बजेट अधिवेशनमा सरकारले प्राथमिकतासाथ दुई विधेयकलाई अघि बढाउने तयारी गरेको छ । शिक्षक आन्दोलन सम्बोधनका लागि विद्यालय शिक्षा विधेयक पारित बजेट अधिवेशनमै गर्ने सरकारको तयारी छ । विधेयक अहिले प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समिति अन्तर्गतको उपसमितिमा दफावार छलफल भइरहेको छ ।

यस्तै निजामती सेवा विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन छ । समिति अन्तर्गतको उपसमितिले तयार पारेको विधेयकको प्रतिवेदन समितिमा पेस भए पनि थप छलफल भएको छैन । विधेयक चाँडो पारितको माग गर्दै निजामती कर्मचारीले सरकारलाई दबाब दिइरहेका छन् । कर्मचारीले आन्दोलनको चेतावनीसमेत दिएका छन् । यस्तै सङ्घीय संरचनाको प्रहरी सङ्गठनका दुई विधेयक पनि विचाराधीन छन् । सरकारको प्राथमिकतामा प्रहरी विधेयक पनि छन् ।

सङ्घीय संसद्का दुवै सदनमा गरी २० भन्दा बढी विधेयक विचाराधीन छन् । अघिल्लो अधिवेशनमा नौ विधेयक पारित भएकोमा आउँदो अधिवेशनमा पनि सोही हाराहारीमा विधेयकका प्रतिवेदन तयार भइसकेका छन् । आउँदो अधिवेशनमा ती प्रतिवेदन पेस र पारित हुने छन् ।

नेपाल हवाई सेवा प्राधिकरण, नागरिक उड्डयन प्राधिकरण विधेयक पनि समितिमा विचाराधीन छन् । धितोपत्र, निर्माणमुखी सामग्री, भन्सार, निकासी पैठारीलगायतका विधेयक पनि विचाराधीन छन् । यस्तै नेपाल कानुन व्यवसायी परिषद्, सामाजिक सञ्जाल, विधि विज्ञान प्रयोगशाला, पानीजहाज विधेयक पनि विचाराधीन छन् ।

यो पनि पढ्नुहोस्

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

२३ घण्टा अगाडि
राप्रपाको आजदेखि ३ जेठसम्म केन्द्रीय समितिको पूर्ण बैठक

राप्रपाले सरकारसँग नवीन सम्झौताका लागि माग

२४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

शान्तिपुर्ण प्लेकार्ड प्रदर्शनीमा उपस्थित आह्वान

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

२० इन्टरनेट सेवाप्रदायक कम्पनीलाई ३५ दिनभित्र शुल्क बुझाउन ताकेता

जाकार्ताकाे भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु

विश्व मानवीय राहतका लागि ३३ अर्ब डलर माग

जेनजीहरूको सहिद भएकाहरुको सम्झनामा दीप प्रज्वलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक