काठमाडाैं । शिक्षकहरू १६ दिनदेखि सडक आन्दोलनमा छन् ।
शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलन थप आक्रामक हुँदै गइरहेको छ । जसको प्रभाव उपत्यका सहित देशभरको सामुदायिक विद्यालयमा परेको छ । नयाँ शैक्षिकसत्रको सुरु भए पनि भर्ना कार्यक्रम सुरु हुन सकेको छैन ।
महासंघले जिल्ला जिल्लाबाट आन्दोलनमा सहभागी हुन शिक्षक कर्मचारीलाई काठमाडौं आउन उर्दी नै जारी गरेको छ ।
महासंघका नेताहरूले आन्दोलनमा सहभागी नहुने, विद्यालय सञ्चालन गर्ने शिक्षक तथा कर्मचारीहरूमाथि निगरानी समेत गरेको हुनाले अहिले विद्यालयहरू पूर्णरुपमा बन्द भएको छ ।


