मङ्ल, पुस १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमेरिकामा चीनले दुर्लभ धातुको निर्यात रोक्याे

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 min read
0
अमेरिकामा चीनले दुर्लभ धातुको निर्यात रोक्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका ट्यारिफको जवाफस्वरूप चीनले पनि ‘रेयर अर्थ मेटल’ भनिने एक दुर्लभ धातुको निर्यात रोकेको छ ।

यस्ता धातु महँगा सामान बनाउन प्रयोग गरिन्छ, जसमा अक्षय ऊर्जा र रक्षा क्षेत्रसहित दैनिक प्रयोगमा आउने स्मार्टफोन र इलेक्ट्रोनिक डिस्प्लेहरू समेत पर्दछन् ।

सन् १९९० को दशकदेखि चीनले यस्ता एलिमेन्टको क्षेत्रमा आफ्नो बर्चस्व कायम राखेको छ । विश्वव्यापी रूपमा ८५ देखि ९५ प्रतिशत रेयर अर्थ मेटलको माग चीनले नै पुरा गरिरहेको छ ।

रोयटर्सको रिपोर्टअनुसार, अहिले रेयर अर्थ मेटलका धेरै शिपमेन्टहरू रोकिएका छन् ।

यी मेटल के हुन् र यो रोकले अमेरिकी अर्थतन्त्रमा कस्तो असर पार्ला ? आउनुहोस् जानौं ।

प्रतिबन्ध होइन, लाइसेन्स प्रणाली

आयात-निर्यातको दुनियाँमा निर्यात प्रतिबन्धका धेरै रूप हुन्छन्- नन-अटोमेटिक लाइसेन्सिङ, ट्यारिफ, कोटा र पूर्ण प्रतिबन्ध । चीनले लगाएको नयाँ प्रतिबन्ध पूर्ण रोक होइन, बरु अब कम्पनीहरूले रेयर अर्थ एलिमेन्ट र धातु निर्यात गर्न लाइसेन्स लिनुपर्ने व्यवस्था चीनले गरिदिएको छ ।

यसका सम्भावित तीन परिणाम हुन सक्छन्-

पहिलो, चीनमा लाइसेन्स प्रणाली लागू गरिँदा निर्यात केही समयका लागि भए पनि पूरै रोकिन सक्छ, जुन अहिले भइरहेको छ ।

दोस्रो, केही अमेरिकी कम्पनीहरूलाई आपूर्ति शृंखलामा समस्या आउन सक्छ । चीनले यो नयाँ लाइसेन्स प्रणाली कसरी कार्यान्वयन गर्छ भन्ने कुरा अझै स्पष्ट छैन ।

तेस्रो, यो प्रणाली लचिलो बनाइएमा चीनले अन्य देशहरूसँग यी धातुको व्यापार बढाउन सक्छ ।

रेयर अर्थ मेटल भनेको के हो ? कहाँ प्रयोग हुन्छ ?

रेयर अर्थ मेटल भनेको आवर्त सारणी (पिरियोडिक टेबल) मा रहेका १७ वटा रासायनिक तत्वहरूको समूह हो– सीरियम, डिस्प्रोसियम, एर्बियम, यूरोपियम, ग्याडोलिनियम, होल्मियम, ल्यान्थनम, लुटेटियम, नियोडिमियम, प्रेसियोडिमियम, प्रोमेथियम, सैमेरियम, स्क्यान्डियम, टरबियम, थुलियम, यटरबियम र यट्रियम । यी सबैका रासायनिक गुणहरू समान हुन्छन् र रङ चाँदीजस्तो देखिन्छ ।

यद्यपि रेयर अर्थ एलिमेन्टहरू चाँदी, सुन वा प्लेटिनमको तुलनामा औसतमा बढी मात्रामा पाइन्छन्, तर यिनीहरू एउटै ठाउँमा केन्द्रित भएर नपाइन सक्छन् । कतिपय अवस्थामा यिनको खानी उत्खनन धेरै महँगो पर्न सक्छ, र उत्पादन झन् महँगो । चीनमा यस्ता मेटल राम्रोसँग परिष्कृत (रिफाइन) हुने गर्छन् र यसमा चीन निकै माहिर छ ।

रेयर अर्थ इलिमेन्ट्स (आरईई)का केही विशेष गुण छन् जसका कारण तिनको प्रयोग हालको समयमा धेरै बढेको छ । एउटा त यिनीहरू चुम्बकीय हुन्छन्, अर्को, अँध्यारोमा चम्किन्छन् । यसकारण डिजिटल डिस्प्ले र स्क्रिन बनाउनमा यिनीहरूको प्रयोग गरिन्छ ।

आरईईको प्रयोग शक्तिशाली चुम्बक बनाउनमा तीव्र गतिमा बढिरहेको छ, जुन अटोमोबिलका पावर स्टेयरिङ, इलेक्ट्रिक विन्डो, पावर सिट र अडियो स्पिकर बनाउनमा प्रयोग हुन्छन् ।

अमेरिकी अर्थतन्त्रमा प्रभाव

कहिलेकाँही अमेरिकन कम्पनीहरूले पनि रेयर अर्थ मेटल उत्पादन गर्थे । तर सस्तो चिनियाँ विकल्प बजारमा आएपछि ती बिस्तारै गायब हुँदै गएका छन् ।

विज्ञहरू भन्छन्– अहिले अमेरिकासँग न यो काम गर्न आवश्यक जनशक्ति छ, न त त्यसको ज्ञान । रेयर अर्थ मेटलमा धेरै मान्छे संलग्न हुनु पर्छ । साथै, चीनका उत्पादन लागतसँग प्रतिस्पर्धा गर्न अन्य देशहरू असक्षम छन् ।

सन् २०२० देखि २०२३ सम्मको अमेरिकी भूवैज्ञानिक सर्वेक्षणको रिपोर्ट अनुसार, अमेरिकामा करिब ७० प्रतिशत रेयर अर्थ एलिमेन्ट र मेटल चीनबाटै आयात भइरहेका थिए ।

यो पनि पढ्नुहोस्

२५ प्रतिशत भन्सारबाट देशलाई छुट नदिनु ‘खेदजनक’

जापानमा चिकित्सकको सल्लाहबिना औषधि सेवन बढ्दै

२ दिन अगाडि
अमेरिकामा नेपालीभाषीको हत्या

ब्राउन युनिभर्सिटीमा गोली चल्दा दुई जनाको मृत्यु

२ दिन अगाडि

न्युयोर्क टाइम्सका अनुसार, विभिन्न क्षेत्रहरूमा यस्ता तत्वहरूको मौज्दात फरक–फरक हुने भएकाले यस रोकको प्रभाव कहिले देखिन्छ भनेर अनुमान गर्न गाह्रो छ ।

द इकोनोमिस्टले लेखेको छ– यस क्षेत्रमा चीनको बलियो पकडका कारण प्रभाव चाँडै देखिनेछ । किन्नेहरूले यी धातुहरू संकलन गर्न थाल्नेछन्, आपूर्ति कम हुनेछ र मूल्य चाँडै नै बढ्नेछ ।

डिस्प्रोसियम जस्ता केही एलिमेन्ट जसमा चीनले रोक लगाएको छ, तिनको विकल्प नै छैन । यस्ता तत्वहरू अन्तरिक्ष यान तथा विमानहरूमा प्रयोग हुने शक्तिशाली चुम्बकहरू बनाउन प्रयोग गरिन्छ ।

चीनमाथि असर

विज्ञहरूका अनुसार विज्ञान र प्रविधिमा लगानी एवम् शिक्षा विस्तारले चीनलाई अमेरिकी प्रतिबन्धहरूसँग लड्न सशक्त बनाएको छ । पछिल्ला वर्षहरूमा अर्थतन्त्र सुस्ताएको र जनसंख्यागत चुनौतीको रिपोर्ट आउँदा पनि, डीपसीकजस्ता एआई लार्ज ल्याङ्ग्वेज मोडेलको कारण चीनको आर्थिक अवस्था अझै बलियो छ ।

धेरै वर्षदेखि अमेरिका पनि यस्ता धातुहरू उत्पादन गर्ने योजना बनाउँदै आएको छ । अब शायद अमेरिकी कम्पनीहरूले यस उद्योगमा प्रवेश गर्न र अगाडि बढाउन उत्प्रेरणा पाउने छन् ।

भारतमा असर

सन् २०२३ मा भारतको रेयर अर्थ मेटल कम्पाउन्डको सबैभन्दा ठूलो निर्यातकर्ता चीन नै थियो । चीनले भारतलाई ५.३२ मिलियन डलरको निर्यात गरेको थियो । त्यही समयमा भारतले झण्डै १३.१ मिलियन डलर बराबरको रेयर अर्थ मेटल आयात गरेको थियो ।

चीनबाहेक भारतले दक्षिण कोरिया, जापान, फ्रान्स र अमेरिकाबाट पनि यस्ता धातुहरू आयात गरेको थियो ।

विज्ञहरूको भनाइ अनुसार, भारतमा ती उद्योगहरू सक्रिय भए पनि जहाँ यस्ता तत्वहरूको प्रयोग हुन्छ, घरेलु खपत कम भएकाले चीनको प्रतिबन्धको प्रभाव भारतमा न्यून मात्र रहनेछ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरकाे भरियाँपुखूबाट बाइक चाेरी

उर्मिलाको स्वर, शंकरको शब्द, संगीतमा ‘ख्रीष्टको प्रेममा’ रिलिज

चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

“भक्तिको शक्तिलाई अस्विकार गरौ”

डुबेर  र आगलागीमा जलेर मृत्यु

पासवर्ड दुरुपयोग गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक