बुध, मंसिर २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

ओलीलाई पार्टीभित्रैबाट बढ्यो चुनौती

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 min read
0
ओलीलाई पार्टीभित्रैबाट बढ्यो चुनौती
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ‘एमालेलाई सिध्याउँछु, केपी ओलीबिनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन्’, प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गएको चैत २९ गते सार्वजनिक चेतावनी दिएका थिए।

रुपन्देहीमा भएको जागरणसभामा उनले ओलीबिनाको एमाले बनाउन चाहेको भए १५/२० वर्ष कुर्न पनि आग्रह गरेका थिए। ‘केपी ओलीबिनाको अभियान चलाउनेले १५/२० वर्ष पर्खिनुस्, अनि भेटिन्छ केपी ओलीबिनाको एमाले’, उनको भनाइ थियो ।

ओलीविनाको अभियान कसले चलाइरहेको छ? ओलीले सार्वजनिक रुपमा खुलाएनन्। खुलाउने कुरा पनि भएन। तर, पछिल्लो समय ओली आफ्नो विकल्प खोजिएको विषयमा जानकार छन् र प्रतिकार गरिरहेका छन्।

२३ चैतमा मात्रै उनले कास्कीको पोखरामा अहिले आफ्नो कपाल पलाउन थालेको भन्दै ओलीबिनाको एमाले भन्नेप्रति दया लागेर आउने बताएका थिए।

कास्की जिल्ला कमिटीमा निर्वाचितहरुको सपथ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘पोहोर परार मेरो सबै कपाल झरेको थियो। अहिले कपाल पलाउन थालेको छ। रोपेको होइन आफैं पलाउन थालेको छ। २० वर्ष जति अरू कसैले आस नगरे पनि हुन्छ।’

उनकै अभिव्यक्तिबाट प्रष्ट हुने विषय हो कि एमालेको २०८३ मंसिरमा हुने ११औँ महाधिवेशनबाट ओली तेस्रो पटक पार्टी अध्यक्ष बन्ने उत्कट चाहनामा छन्। ७४ वर्षीय उनी अब एक पटका लागि मात्र होइन, पटक-पटक पार्टी अध्यक्ष बन्न चाहन्छन्। त्यसैले उनी भनिरहेका छन्, पार्टी नेतृत्वका लागि कसैले आश नगर्दा हुन्छ।

पार्टीको विधानअनुसार पाँच वर्षमा महाधिवेशन गर्नुपर्ने हुन्छ। ओलीले भनेकैअनुसार २० वर्ष पर्खिनुपर्ने हो भने अझै ओली धेरै पटक बढी पार्टी अध्यक्ष बन्न चाहिरहेका छन्।

पार्टी अध्यक्ष बन्ने उत्कट चाहनाले नै ओलीले पार्टीको १०औँ महाधिवेशनले पारित गरेको ७० वर्षे उमेरहदलाई हालका लागि निलम्बन गरेका छन्। वर्षदिन अघि जेठमा केन्द्रीय कमिटीमा बस्नका लागि ७० वर्षमुनि हुनुपर्ने उमेरहदलाई निलम्बन गर्दै फेरि पार्टी अध्यक्ष बन्ने ढोका उनले खुला गरिसकेका छन्।

माधव, रावल निष्कासित गरेका ओली कोदेखि सशंकित?

ओलीका प्रतिष्पर्धीका रुपमा देखिएका भीम रावललाई गएको पुसमै एमालेले पार्टीबाट सदाका लागि बिदाइ गरिसकेको छ। रावललाई निकालेर माघमा बामदेव गौतमलाई पार्टी भित्र्याउन लागेको एमालेले अन्तिम समयमा उनलाईसमेत पार्टीमा नभित्र्याई अलपत्र पारिदिएको थियो।

गौतम त्यतिबेला नेकपा एकीकृत समाजवादीमा जाने तयारी गरेको समयमा एमालेले बोलेराएर अन्तिम समयमा उनलाई पार्टीमा नभित्र्याउने तर आवश्यक सहकार्य गर्ने मात्र निर्णय गरेको थियो। त्यसपछि गौतम एमालेसँग रुष्ट भएका छन्।

माधव नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल पहिले नै पार्टीबाट बाहिरिसकेका छन्। उनीहरू नेकपा एकीकृतमा छन्।

माधवदेखि भीम रावल पार्टीमा नहुँदा पनि ओली भने सशंकित छन्। ओली आफ्नो विरुद्धमा बोल्नेलाई रुचाउने नेता होइनन्। व्यापारी मीनबहादुर गुरुङबाट जग्गा दान लिने निर्णयविरुद्ध बोलेको भन्दै भीम रावलसँगै स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ओलीले निष्कासन गरेका थिए।

केन्द्रमा मात्र होइन, ओलीविरुद्ध गतिविधि गर्ने जिल्ला तहका नेताहरू पनि कारबाहीमा पर्दै आइरहेका छन्। केन्द्रदेखि जिल्लासम्मका नेताहरूलाई तह लगाउँदै आएका ओली अहिले आफ्नो विकल्प खोजिन थालिएको भन्दै किन सशंकित छन्?

उनलाई अब विद्यादेवी भण्डारीको डर थपिएको छ।

भण्डारी पूर्व राष्ट्रपति हुन्। उनले दोस्रो राष्ट्रपति कार्यकाल सकिनासाथ एमाले पार्टी सदस्यता पुन: लिएकी थिइन्। त्यसपछि भण्डारी देश दौडाहामा रहेकी छन् जसले गर्दा ओलीलाई सशंकित बनाएको छ।

आवश्यक परे पार्टी नेतृत्व लिन पनि तयार रहेको भण्डारीले पटक-पटक भन्दै आइरहेकी छिन्। ओलीभन्दा १० वर्ष कम ६४ वर्षीया उनले केही दिनअघि एक अन्तर्वार्तामा ओलीलाई चेतावनी शैलीमा आफू अध्यक्ष बन्न तयार रहेको बताएकी छिन्।

नेपाल खबरमा प्रकाशित अन्तर्वार्तामा पार्टी नेतृत्वमा आउने विषय र तपाईंलाई फर्काउने विषयले एमाले ध्रुवीकरण हुने र फेरि ओलीबाट कार्यक्रताले कारबाही त भोग्नुपर्ने होइन भन्ने आशयको प्रश्नमा भण्डारीले प्रतिप्रश्न गर्दै भनेकी छिन्- ‘पार्टीको भावी नेतृत्वको बारेमा छलफल गर्दा कसरी कोबाट खतरा हुन्छ र?’

उनले आफूलाई जिम्मेवारीमा फर्काउने इच्छा व्यक्त गर्नेहरूलाई अझ बढी कामको जिम्मेवारी दिनुपर्ने बताएका छिन्। ‘मलाई सम्मान गर्ने, मसँग सम्पर्क गर्ने, मलाई नेतृत्वमा आउनुपर्छ भनेर इच्छा व्यक्त गर्नेहरूलाई त उहाँहरूले अझ बढी कामको जिम्मेवारी दिनुपर्छ नि त!’ उनले भनेकी छिन्।

मोरङबाट भण्डारीले ओलीलाई दिएको त्यो चुनौती

यो पनि पढ्नुहोस्

मजदुरमाथि ज्यादती गरेको भन्दै ध्यानाकर्षण

मजदुरमाथि ज्यादती गरेको भन्दै ध्यानाकर्षण

२४ मिनेट अगाडि
सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सहजीकरण गर्ने

सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सहजीकरण गर्ने

४५ मिनेट अगाडि
Bidhya_Devi_Bhandari
फाइल फोटो

विद्यादेवी भण्डारीले एमाले अध्यक्ष ओलीलाई मोरङबाट प्रष्टरुपमा चुनौती दिइसकेकी छिन्। ओलीले पार्टीको कुनै पनि भातृ संगठनमा निर्वाचन हुन नदिइरहेको समयमा मोरङ जिल्लाको पार्टी अधिवेशनमा भने निर्वाचन भयो।

फागुनमा भएको १०औँ अधिवेशनमा ओलीपक्षका उम्मेदवारलाई हराउँदै भण्डारी पक्षका उम्मेदवारले अधिवेशन जितेका थिए। यहाँ ओली निर्वाचन नगराउने पक्षमा देखिएका थिए।

चैत्र ११ गते सम्मपन्न एमाले निकट प्रेस चौतारीको १०औँ महाधिवेशनमा निर्वाचन हुन नदिएपछि इच्छुक उमेदवारहरू रुँदै बाहिरएको दृष्यहरूसमेत सार्वजनिक भएको थियो।

कर्मचारीलगायत अन्य भातृ संगठनमा पनि ओलीले निर्वाचन हुन नदिइरहेको समयमा मोरङमा भने भण्डारीको प्यानलनै विजयी भयो।अध्यक्षमा अजम्बर राई, उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा, उपसचिव सन्तोष वान्तवा राई भण्डारीका पक्षका निर्वाचित भएका थिए। मोरङ भण्डारीको गृहजिल्ला पनि हो।

ओलीमाथि घेराबन्दी बढ्दै

करिब वर्षदिनपछि हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टी नेतृत्वबारे बहस छेडिएको छ। ओलीले आझै २० वर्ष आफ्नो विकल्प नसोच्न भनेपनि उनीमाथि घेराबन्दी भने सुरु भइसकेको छ।

ओलीविरुद्ध बोल्न डराउने नेताहरू पनि अब भने बोल्न थालेका छन्। भित्रभित्र भए पनि ओलीविरुद्ध अभियान थालेका छन्। स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले ओलीले केन्द्रीय सदस्य बनाएका दुर्गा प्रसाईंकाबारेमा नेतृत्वको आलोचना नै गरे।

यद्यपि उनी पहिलेदेखि नै ओलीको कार्यशैलीमाथि प्रश्न उठाउने नेतामा पर्छन्। थापाले चैत ३१ गते धनगढीमा भएको आम सभामा सम्बोधन गर्दै नेतृत्वमाथि प्रश्न उठाए।

महासचिव शंकर पोखरेललगायत नेतृत्वलाई अगाडि राखेर उनले दुर्गा प्रसाईंलाई कसले केन्द्रीय सदस्य बनायो भन्दै नेतृत्वको आलोचना गरे। १०औँ महाधिवेशनपछि ओलीकै सिफारिसमा प्रसाईं केही समय एमालेको केन्द्रीय सदस्य भएका थिए।

पछि उनी राजावादीमा लागे र एमालेमाथि नै खनिन सुरु गरे। यस विषयमा थापाले भनेका थिए- ‘आज राजावादीको नेता को अरे, दुर्गा प्रसाईं। दुर्गा प्रसाईंलाई हिजो एमाले केन्द्रीय सदस्य कसले बनायो? आज सबैभन्दा बढी एमालेलाई गाली गर्ने को हो? दुर्गा प्रसाईं। नेतृत्वले आत्माआलोचना गर्ने कि नगर्ने?’

ओलीमाथि घेराबन्दीमा थापा देखिएका पात्र हुन्। बाहिर नखुले पनि अन्य नेताहरू पनि भित्रभित्रै लागेका छन्। विशेष गरेर नेताहरू पार्टी अध्यक्ष हुनबाट ओलीलाई रोक्ने गरी लागिरहेको स्रोत बताउँछ।

नेताहरूले विद्या भण्डारीलाई पार्टी अध्यक्ष बनाउने गरी माहोल सिर्जना गर्न लागेको छ। नेतृत्वमाथि प्रश्न गरिरहने थापाले सुदूरपश्चिममा भण्डारीको पक्षमा माहोल बनाउने जिम्मेवारी पाएका छन्।

उनी यसै पनि सार्वजनिकरुपमै एमाले अध्यक्ष भण्डारी हुनुपर्ने बताउँदै आएका नेता हुन्।

ओलीको आलोचनामा खुलिनहालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पनि भण्डारीलाई पार्टी अध्यक्ष बनाउने गरी अघि बढेको बताइन्छ। देश दौडाहामा रहेकी भण्डारीलाई चैत्र १६ गते पौडेलले गृहजिल्ला रुपन्देही लगेका थिए।

सिद्धार्थनगर नगरपालिकाको आयोजनामा ‘लुम्बिनी प्रदेशस्तरीय महिला जनप्रतिनिधिहरूको अन्तरसंवाद कार्यक्रम’मा भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी भएकी थिइन्।

उक्त कार्यक्रममा प्रमुख अतिथिको खोजी भइरहेको समयमा एमाले उपाध्यक्ष पौडेलले भण्डारीलाई सिफारिस गरेको बताइन्छ। हाल सरकारका अर्थमन्त्रीसमेत रहेका उनी बाहिरी रुपमा ओलीविरुद्ध नदेखिए पनि भित्रभित्रै लुम्बिनीमा भण्डारीको पक्षमा महोल बनाउन लागेको उनी निकट एक नेताले बताए।

सुदूरपश्चिममा थापा, लुम्बिनीमा पौडेल, गण्डकीमा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, काठमाडौँमा अर्का स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ र मोरङमा विनोद ढकाल भण्डारीको पक्षमा माहोल बनाउन लागिरहेको बताइन्छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

शान्तिपुर्ण प्लेकार्ड प्रदर्शनीमा उपस्थित आह्वान

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

२० इन्टरनेट सेवाप्रदायक कम्पनीलाई ३५ दिनभित्र शुल्क बुझाउन ताकेता

जाकार्ताकाे भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु

विश्व मानवीय राहतका लागि ३३ अर्ब डलर माग

जेनजीहरूको सहिद भएकाहरुको सम्झनामा दीप प्रज्वलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक