शुक्र, मंसिर १९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

सीसीटीभी फुटेजमा देखियो शंकास्पद गतिविधि, ८ जना तारेखमा

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 min read
0
सीसीटीभी फुटेजमा देखियो शंकास्पद गतिविधि, ८ जना तारेखमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बाबु-आमासहित ८ जनालाई तारेखमा राखेर अनुसन्धान गरिएको छ । बालिका हराएको भनिएकै दिन एक व्यक्तिको शंकास्पद गतिविधि सीसीटीभीमा देखिएको छ । यसलाई केन्द्रमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

काठमाडौं । ललितपुरको मंगलबजार नजिक खपिन्छेँ टोलस्थित एक घरको पानीट्यांकीमा मृत भेटिएकी ११ वर्षीया बालिकाको अनुसन्धानको क्रममा प्रहरीले ८ जनामाथि विशेष निगरानी राख्दै अनुसन्धान अघि बढाएको छ ।

बझाङ घर भई खपिन्छेँमा बस्दै आएकी बालिका दुर्गा बोहरा मृत्युको अनुसन्धानको क्रममा प्रहरीले ८ जनालाई तारेखमा राख्दै अनुसन्धान अघि बढाएको हो ।

यो घटनामा मृतक बालिकाका बाबुआमालाई समेत शंकाको घेरामा राख्दै अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले बतायो । बाबुआमाले भने आफूलाई केही थाहा नभएको प्रहरीसमक्ष दाबी गरेका छन् ।

बालिका पहिला पनि पटक–पटक लामो समय हराउने र फेरि आउने गरेकाले प्रहरीमा खबर पनि नगरेको उनीहरूको भनाइ छ । बाबुआमा समेत छुट्टाछुट्टै बस्ने गरेको पाइएकोले उनीहरूको पारिवारमा बेमेल देखिएको प्रहरीको भनाइ छ ।

बाबुआमा बाहेक अन्य ६ जनालाई पनि तारेखमा राखेर अनुसन्धान अघि बढाइएको एक अधिकृतले बताए । तारेखमा राखिएकामध्ये केही नाबालक समेत छन् । बालिकाको साथी भनिएकाहरूलाई प्रहरीले तारेखमा राखेको छ ।

‘८ जना संदिग्ध व्यक्तिहरूलाई तारेखमा राखेर अनुसन्धान गरिरहेका छौँ । अन्यमाथि पनि सोधपुछ जारी छ,’ एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने ।

मकवानपुरका सञ्जय बोगटी डेरा सरेर खपिन्छेँ टोलको एक घरमा पुगेका थिए । १६ चैतमा डेरा सरेका बोगटीले पानीट्यांकीबाट बाहिर किरा आउन थालेपछि ट्यांकी सफा गर्न खोज्दा बालिकाको शव भेटिएको थियो । जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार यो घटना गत बिहीबारको हो ।

रगतको टाटा भेटिनुलाई महत्त्वपूर्ण क्लु मानेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । तर रगतको टाटा बालिकाको भएको आशंका गरेर अनुसन्धान अघि बढाइए पनि त्यसको पुष्टि हुन भने बाँकी नै छ ।

शव भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । कपडाले छोपेको शवमाथि इँटा समेत राखिएको थियो । शवको प्रकृति हेर्दा हत्या भएको निष्कर्ष निकाल्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।

मृत भेटिएकी बालिका ११ चैतदेखि हराएको प्रहरीको भनाइ छ । मृत फेला परेकी ती बालिका आमासँगै उक्त घरमा बस्दै आएकी थिइन् । करिब २०–२५ दिनअघि मात्रै उनीहरू त्यहाँबाट डेरा सरेका थिए । डेरा छोडेर गएकै घरको पानीट्यांकीमा शव भेटिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र ललितपुर प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेका छन् ।

घरमा भेटियो रगतको टाटा

अनुसन्धानमा खटिएको प्रहरी टोलीले शव भेटिएको घरमा रगतका केही टाटाहरू समेत फेला पारेको छ । एक अधिकृतले पानीट्यांकीको केही बाहिर रगतको टाटा भेटिएको बताए । ‘रगतका टाटाहरू पनि फेला पारेका छौं । घटना निकै शंकास्पद देखिन्छ,’ एक अनुसन्धान अधिकृतले भने ।

रगतको टाटा फेला परेपछि बाहिर हत्या गरेर शव लुकाउन पानीट्यांकीमा हालेको आशंका प्रहरीले गरेको छ । रगतको टाटा समेत भेटिएकाले बालिकामाथि कुटपिट वा कुनै धारिलो हतियार प्रहार भएको आशंका पनि प्रहरीले गरेको छ ।

रगतको टाटा भेटिनुलाई महत्त्वपूर्ण क्लु मानेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । तर रगतको टाटा बालिकाको भएको आशंका गरेर अनुसन्धान अघि बढाइए पनि त्यसको पुष्टि हुन भने बाँकी नै छ ।

शव सडेकाले अनुसन्धानमा कठिनाइ

मृत भेटिएकी बालिकाको शव करिब १५ दिन जति पुरानो रहेको आशंका गरिएको छ । उनी ११ चैतदेखि हराएको बताइएको र शव पनि सडिसकेकाले करिब १५ दिन पहिले नै हत्या भएको आशंका गरिएको छ ।

‘शव किरा परिसकेको मासुको सबै गलिसकेको अवस्थामा बरामद भएको थियो । मासु जति सबै गलिसकेको र किराले खाइसकेको थियो भने अर्कोतर्फ हड्डीहरू मात्रै बाँकी रहेको थियो,’ एसएसपी अधिकारीले भने, ‘जसका कारण अनुसन्धानमा निकै कठिनाइ भइरहेको छ ।’

शव सडिसकेकाले पोस्टमार्टम रिपोर्टमा समस्या हुने चिकित्सकले बताएको प्रहरीको भनाइ छ । सडिसकेको शव भएकाले कुटपिट गरेर हत्या गरेको हो वा अन्य कारणबाट हत्या गरियो भन्ने यकिन हुन पनि कठिनाइ हुने बताइएको छ । यद्यपि, प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।

सीसीटीभी फुटेजमा देखियो शंकास्पद गतिविधि

यो पनि पढ्नुहोस्

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

११ घण्टा अगाडि
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?

ओलीबाट धोका पाएका शिक्षकहरु महावीरको टेबलमा

११ घण्टा अगाडि

बालिकाको शव भेटिएको घर वरपरको क्लोज सर्किट क्यामेरा (सीसी क्यामेरा) को फुटेल केलाउँदै प्रहरीले अनुसन्धान अघि बढाएको छ । सो क्रममा बालिका हराएको भनिएको दिनमै एक व्यक्ति उक्त घर वरपर देखिएको महत्त्वपूर्ण क्लु प्रहरीले फेला परेको छ ।

ती व्यक्ति को हुन् भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । गतिविधि पनि शंकास्पद जस्तो देखिएको अनुसन्धान अधिकृतहरूको भनाइ छ । ‘जुन दिन बालिका हराएको भनिएको छ, त्यही दिन एक व्यक्ति उक्त घर वरपर देखिन्छ । ती व्यक्तिमाथि अनुसन्धान जारी छ,’ एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने ।

यसका साथै अन्य प्राविधिक कोणहरूबाट पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

म्यानुअल्ली र प्राविधिक रूपमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । घर वरपरका मान्छेसँग सोधपुछ गर्नेदेखि प्राविधिक विश्लेषण गर्नेसम्मको काम भइरहेको प्रहरीले जनाएको छ ।

अपराध नेपाल प्रहरी
नारायण अधिकारी

अनलाइनखबर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पोखरा सहकारीका सञ्चालकहरू रकम फिर्ता गर्ने प्रतिबद्धता

विदेशमा भएका नेपालीलाई मतदानको व्यवस्था गर्न सनपाको माग

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

Historic Passage of Pakistan’s Minorities Rights Bill 2025

राजनीतिमा पुरानाको बिकल्प नयाँ !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक