सोम, माघ २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रचण्डद्वारा सामुदायिक प्राकृतिक चिकित्सालयको अवलोकन

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
प्रचण्डद्वारा सामुदायिक प्राकृतिक चिकित्सालयको अवलोकन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नवलपुरको देवचुली नगरपालिका–१६ रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयको अवलोकन गरेका छन् ।

जनतासँग माओवादी, तराई–मधेश जागरण अभियानअन्तर्गत रजहर पुगेका प्रचण्डले प्राकृतिक चिकित्सालयको अवलोकन गरेका हुन् । माटो, पानी, बाफ र जडिबुटीमा आधारित रहेर उपचार गरिने यो प्राकृतिक चिकित्सालय समुदायस्तरबाट सञ्चालित छ ।

त्यसक्रममा आयोजित छलफल कार्यक्रममा उनले प्राकृतिक चिकित्सालयलाई शिक्षण अस्पतालको रूपमा विकास गर्ने प्रयासमा आफूले पनि सहयोग गरिरहेको बताए । ‘हाम्रै पार्टीका पनि धेरै साथीहरूले यहाँ आएर उपचार गरेपछि विभिन्न रोगबाट छुटकारा पाएको अनुभव सुनाउने गर्नु भएको छ,’ प्रचण्डले भने, ‘यो चिकित्सालयलाई अब शिक्षण अस्पतालकोे रूपमा विकास गर्नुपर्छ भनेर यहाँहरू लागिरहनु भएको छ । त्यसका लागि आवश्यक बजेट विनियोजनमा मैले पनि पहल गरिरहेको छु ।’

प्रचण्डले आफू प्रधानमन्त्री भएका बेला चिकित्सालयलाई संघीय सरकारबाट १३ करोड रुपैयाँ विनियोजन गरेको बताउँदै शिक्षण अस्पतालका लागि आवश्यक पर्ने पूर्वाधार विकासमा सरकार र समुदायले मिलेर काम गर्नु पर्ने बताए । उनले विपक्षी दलको हैसियतले सरकारसँग र अर्थ मन्त्रालयसँग पनि पूर्वाधार विकासका निम्ति आवश्यक बजेट विनियोजनका निम्ति पहल गर्ने जनाए ।

 

‘म पछिल्लोपटक प्रधानमन्त्री भएको बेला झन्डै १३ करोड रुपैयाँ बराबरको सहयोग गरेको थिएँ । यस्तै, प्रदेश सरकारलाई पनि मैले आर्थिक सहयोगका निम्ति निर्देशित गरेको थिएँ । यसको आवश्यकता बुझेरै मैले त्यो पहल गरेको हुँ । अब यसलाई शिक्षण अस्पताल बनाउने प्रक्रियामा हाम्रो पार्टीको पूर्ण सहयोग रहनेछ,’ उनले भने ।

माओवादी अध्यक्ष प्रचण्डले सामुदायिक प्राकृतिक चिकित्सालयलाई प्राकृतिक विश्वविद्यालय बनाउने लक्ष्य लिएर अघि बढ्न सुझाव दिए । ‘त्यसो भयो भने मात्रै अन्य उपचार विधिभन्दा प्राकृतिक उपचार विधि कति प्रभावकारी छ, कति कम खर्चमा उपचार सम्भव छ र मानवजीवनलाई रोगमुक्त बनाउन कसरी सकिन्छ भन्ने सन्देश देशभर प्रवाह हुन सक्छ,’ उनले भने ।

यो पनि पढ्नुहोस्

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुँदै

फागुन २१ का लागि कांग्रेसले कार्यकर्तालाई खटाउने निर्णय

१४ घण्टा अगाडि
फागुन पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने तयारी

फागुन पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने तयारी

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाललाई इंग्ल्यान्डले दियो १८५ रनको लक्ष्य

मिस्ट्री स्पीनर शेर मल्ल विश्वकप क्रिकेटबाटै राष्ट्रिय टिममा डेब्यू

यस्ताे छ आजकाे माैसम

फागुन २१ का लागि कांग्रेसले कार्यकर्तालाई खटाउने निर्णय

झापा २ राष्ट्रिय राजनीतिमा चासोको केन्द्र

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक