शुक्र, मंसिर २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

नयाँ वर्ष २०८२ : कुन महिनामा कति सार्वजनिक बिदा

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 min read
0
नयाँ वर्ष २०८२ : कुन महिनामा कति सार्वजनिक बिदा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नयाँ वर्ष २०८२ सालमा ५२ वटा शनिबार बिदा परेको छ ।  मन्त्रिपरिषद्को बैठकले नयाँ वर्षको बिदा स्वीकृत गरेसँगै राजपत्रमा सार्वजनिक भएको छ ।

गृह मन्त्रालयलले वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरीमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि सार्वजनिक गरेको सार्वजनिक, पर्व एवम् सट्टा बिदाको विवरणमा सो विषय उल्लेख छ ।

२०८२ साल अवधिमा वैशाखमा चार दिन शनिबार, जेठमा पाँच दिन, असारमा चार, साउनमा पाँच, भदौमा चार, असोजमा चार, कात्तिकमा पाँच दिन, मङ्सिरमा चार, पुस चार, माघमा चार, फागुनमा पाँच र चैतमा चार दिन गरी जम्मा ५२ वटा शनिबार परेका छन् ।

कुन महिनामा कति दिन बिदा ?

वैशाख 

नव वर्ष वैशाख १ गते, विश्व मजदुर दिवस वैशाख १८ गते, चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), बुद्ध जयन्ती, राई, लिम्बू, याक्खा, सुनुवार लगायतका किराँत समुदायको उभौली पर्व वैशाख २९ गते ।

जेठ

गणतन्त्र दिवस जेठ १५ गते ।

असार

प्रकाशित सूचना अनुसार २०८२ सालको असार महिनामा कुनै पनि सार्वजनिक बिदा परेको छैन ।

साउन

रक्षाबन्धन साउन २४ गते, गाईजात्रा साउन २५ गते (देशभरका नेवार समुदायका लागि मात्र) श्रीकृष्णा जन्माष्टमी साउन ३१ गते ।

भदौ

हरितालिका (तीज) व्रत भदौ १० गते, जितिया पर्व भदौ ३० गते (महिला कर्मचारीका लागि मात्र), गौरा पर्व भदौ १५ गते, इन्द्रजात्रा भदौ २१ गते (काठमाडौँ उपत्यका लागि मात्र) ।

असोज

संविधान दिवस असोज ३ गते, घटस्थापना असोज ६ गते, दसैँ बिदा (असोज १३ गतेदेखि असोज १८ गतेसम्म) ।

कात्तिक 

तिहार बिदा (कात्तिक ३ गतेदेखि कात्तिक ७ गतेसम्म), छठ पर्व कात्तिक १० गते, फाल्गुनन्द जयन्ती कात्तिक २५ गते (किराँत धर्मावलम्बीका लागि)

मङ्सिर

धान्य पूर्णिमा (किराँत समुदायको उधौली पर्व, योमरी पुन्हि, अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मङ्सिर १७ गते (अपाङ्गता भएका नेपालभित्रका सम्पूर्ण कर्मचारीको लागि), ज्यापु दिवस मङ्सिर १८ गते ।

यो पनि पढ्नुहोस्

मानव तस्करीसँग लत्पतिएको राजनीतिक नेतृत्व !

संसद पुनर्स्थापना नै समस्याको समाधान हो त ?

१ घण्टा अगाडि

साफ महिला क्लब च्याम्पियनसिप फुटबलमा एपीएफ एफसी र ट्रान्सपोर्टबीच बराबरी खेल्याे

२ घण्टा अगाडि

पुस

इसाई धर्मालम्बी पर्व क्रिसमस डे पुस १० गते, तमू ल्होछार पुस १५ गते, पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस) पुस २७ गते,

माघ

माघी पर्व/माघे सङ्क्रान्ति माघ १ गते, सोनम ल्होछार माघ ५ गते, वसन्त पञ्चमी माघ ९ गते, सहिद दिवस माघ १६ गते ।

फागुन 

महाशिवरात्री फागुन ३ गते, ग्याल्पो ल्होसार फागुन ६ गते, राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ गते, फागू पूर्णिमा हिमाली र पहाडी लगायत ५६ जिल्लामा फागुन १८ गते र तराईका जिल्लामा फागुन १९ गते, अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) फागुन २४ गते ।

चैत 

घोडेजात्रा चैत ४ गते, रामनवमी चैत १३ गते ।

सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र हुने बिदा सिरुवा पावनीको दिन (सो पर्व मनाउने झापा, मोरङ, सुनसरी, सिराहा र सप्तरी जिल्लामा), इस्लाम धर्मावलम्बीको पर्व ईद (ईद उल फित्र),र बकर ईद –ईद उल अजहा), मोहम्मद जयन्ती (नेपाली मुस्लिम धर्मावलम्बी), गुरु नानक जयन्ती (नेपाली सिख धर्मावलम्बीका लागि) सार्वजनिक बिदा परेका छन् ।

मन्त्रालयद्वारा प्रकाशित सूचना अनुसार विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकका सार्वजनिक बिदालाई समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैंले व्यवस्थापन र समायोजन गर्न सक्ने जनाएकोे छ ।

गोरखापत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

बीमाबारे बुझाइको कमीबारे स्पष्ट हुन जरुरी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रभु बैंक लि. का रेमिटेन्स डिपार्टमेण्ट प्रमुख पक्राउ

भ्रष्टाचारीहरुले उन्मुक्ति नपाऊन् !

भिजिट भिसा प्रकरणमा निवर्तमान गृहमन्त्री लेखकमाथि छानबिन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक