सिमकोट । नेकपा एकीकृत समाजवादीको दशौ जिल्ला अधिवेशन वैशाख १५ र १६ गते हुने भएको छ। उक्त पार्टीले पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर सो जानकारी गरेको हो।
पार्टीको दशौ जिल्ला अधिवेशन वैशाख १५ र १६ गते अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा आयोजना गर्न लागिएको उक्त पार्टीका जिल्ला अध्यक्ष जोसी धामीले बताए।
यसअघि सदरमुकाम सिमकोटमा गर्ने भनिए पनि सडक यातायात सहज नभएको कारण पछि सचिवालय बैठकले श्रीनगरमा आयोजना गर्ने निर्णय भएको थियो। त्यसका लागि ताँजाकोट, अदानचुली, चंखेली र सर्केगार्ड गाउपालिकामा पालिका अधिवेशन सम्पन्न भइसकेका छन् भने अव सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकामा पार्टीको जिल्ला अधिवेशनपछि पालिका अधिवेशन हुनेछन।
जिल्ला अधिवेशनका लागि १८८ जना प्रतिनिधिहरुले सहभागिता जनाउनेछन। पाँच जना सदस्य बराबर एक जना अधिवेशन प्रतिनिधि सहभागिता गर्न पाउने एकीकृत समाजवादीको विधानमा ब्यवस्था छ।
उक्त भेटघाट कार्यक्रममा पार्टीको पोलिट व्यूरुो सदस्य हस्तबहादुर शाही, केन्द्रीय सदस्यद्धय शिबराज शर्मा, प्रेमकला शाही, प्रदेश सचिवालय समस्य एवं सचिव छत्यालको सहभागिता रहेको थियो। नेताहरुले सञ्चारकर्मीहरुले राखेका जिज्ञानाको उत्तर समेत दिएका थिए।