काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ ।
बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने प्रचारप्रसार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।
समसायिक राजनीतिक विषय तथा वैशाख ११ गते आयोजना हुन लागेको युवा सम्मेलनको तयारीका विषयमा बैठकमा छलफल हुने नेताहरूले जनाएका छन्।


