बुध, मंसिर २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

०८२ नेपाली इतिहास सुनौलो सम्झना बन्नुपर्छ : पुर्व शाह

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 min read
0
नयाँ वर्षलाई सुनौलो सम्झना बनाउन सकिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष ०८२ को शुभकामना सन्देश दिने क्रममा आफ्नो राजनीतिक अभिप्रायः त लुकाएनन्, तर देशमा आर्थिक छटपटी रहेको स्वीकार गर्दै त्यसबाट बाहिर निस्कन अपनाउनुपर्ने बाटोबारे आफ्ना विचार राखे ।

वर्ष ०८१ को अन्तिम दिन शुभकामना सन्देश जारी गर्दै उनले आगामी वर्ष ०८२ नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्ने मतसमेत राखे ।

पछिल्ला हप्ताहरुमा नेपालमा राजावादी प्रदर्शनहरु बढ्दै गरेका बेला शाहले त्यो ‘आस्था र अभिव्यक्ति’ राख्न पाउने ‘नागरिक स्वतन्त्रता’ प्रजातन्त्रमा सुरक्षित हुने अपेक्षा समेत राखे ।

तीनकुनेमा राजावादी जमात्का नाममा १५ चैतमा विध्वंश भए पनि पूर्वराजा शाहको कुनै टिप्पणी आएको थिएन । सचिवालयले छिटफुट टिप्पणीमात्रै गरेको थियो । आइतबार भने शाहले त्यसप्रति आफूलाई दुःख लागेको अभिव्यक्ति दिए ।

१४ मिनेट लामो भिडियो वक्तव्यलाई अंग्रेजी सबटाइटलसमेत हालिएको थियो, जहाँ नेपालजस्तो संसारकै सुन्दर देशमा उत्पन्न वित्तीय संकटले युवा पलायन बढेकामा चिन्ता व्यक्त थियो ।

भूमण्डलीकरणले सिर्जना गरेको आत्मनिर्भरताको संकटमा अब ‘पृथ्वीविचार’ अर्थात् पृथ्वीनारायण शाहले अघि सारेका स्वाबलम्बनका मान्यतालाई जोड दिनुपर्ने पूर्वराजा शाहको भनाइ थियो ।

उनले चरम मन्दीका बेला आत्मनिर्भर अर्थतन्त्र बनाउन लागेमात्रै उन्नति हुने बताए । अघिल्ला वक्तव्यहरुमा देशवासीलाई प्यारा भन्ने शाहले आज भने आत्मीय पनि थपेर सम्बोधन गरे, जहाँ नागरिकले भोगिरहेको आर्थिक संकटलाई ‘दल’ वा ‘वादको विवाद’ ले मात्रै सम्बोधन गर्न नसक्ने तर्क उल्लेख थियो ।

यसअघि ६ फागुनमा सम्बोधन गर्ने क्रममा आफूले देशवासीलाई ‘अब समय आयो, के त्याग गर्नुपर्छ म तयार छु’ मजबुनको सन्देश दिएका शाहले आजको सम्बोधनको अन्त्यमा त्यो समय ‘आगामी वर्ष’ हुन सक्ने परोक्ष सन्देश पनि प्रवाह गरे ।

राजावादी प्रदर्शन विध्वंशात्मक बनेसँगै यसका अगुवाहरु प्रहरी फन्दामा छन् । राप्रपाले ७ वैशाखमा अर्को प्रदर्शन आयोजना गर्दै छ । पूर्वराजाले वैशाख पहिलो साता पशुपतिनाथमा पूजा अनुष्ठान लगाउने सूचना प्राप्त छ ।

यो पनि पढ्नुहोस्

मजदुरमाथि ज्यादती गरेको भन्दै ध्यानाकर्षण

मजदुरमाथि ज्यादती गरेको भन्दै ध्यानाकर्षण

२९ मिनेट अगाडि
सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सहजीकरण गर्ने

सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सहजीकरण गर्ने

५० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

शान्तिपुर्ण प्लेकार्ड प्रदर्शनीमा उपस्थित आह्वान

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

२० इन्टरनेट सेवाप्रदायक कम्पनीलाई ३५ दिनभित्र शुल्क बुझाउन ताकेता

जाकार्ताकाे भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु

विश्व मानवीय राहतका लागि ३३ अर्ब डलर माग

जेनजीहरूको सहिद भएकाहरुको सम्झनामा दीप प्रज्वलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक