काठमाडौं । बालाजुको औद्योगिक क्षेत्रमा शनिबार भएको आगलागी नियन्त्रणमा लिएकाे छ ।
साे औद्योगिक क्षेत्रमा रहेको एक प्लास्टिक उद्योगमा आगलागी भएको थियो । त्यहाँ प्रिन्टिङ प्रेससमेत रहेको छ ।
आगलागी नियन्त्रणका लागि दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोली पुगेको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन ।

