सोम, माघ २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । साहित्यिक पत्रकार सङ्घको आयोजनामा शनिबार आनन्द पशुपति होटल, तिलगंगा, काठमाडौंमा भएको एक भव्य कार्यक्रममा कवि एवम् कलाकार नरेन्द्रबहादुर श्रेष्ठ र उहाँकी धर्मपत्नी नीरू श्रेष्ठलाई हार्दिक अभिनन्दन गरियो ।

नेवाः परम्पराअनुसार जङ्कु हुन लागेको अवसर पारेर त्यसको पूर्वसन्ध्यामा  उहाँहरूलाई अभिनन्दन गरिएको हो । साहित्यिक पत्रकार संघको नेतृत्वमा भएको उक्त अभिनन्दन  संस्थाहरूको सङ्ख्या ३८ थिए जसमा अनेसास दर्पण पनि थियो ।

सो अवसरमा प्रदान गरिएको अभिनन्दनपत्रको उचाइ अभिनन्दित व्यक्तित्व  नरेन्द्रबहादुर श्रेष्ठकै उचाइ बराबर रहेको छ ।  कार्यक्रममा प्रमुख अतिथि पूर्व राजदूत केदारभक्त माथेमा र कार्यक्रम एवम्  साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली लगायतले श्रेष्ठलाई अभिनन्दनपत्र हस्तान्तरण गरेका थिए ।

सोही कार्यक्रममा नरेन्द्रबहादुर श्रेष्ठबारे विभिन्न व्यक्तिहरूद्वारा लेखिएका आलेख र उहाँका विभिन्न व्यक्तित्वबारे जानकारी दिने अभिलेख समावेश गरिएको “नरेन्द्रबहादुर श्रेष्ठ : आलेख र अभिलेख” पुस्तकको लोकार्पण पनि भयो ।

सो ग्रन्थको प्रधान सम्पादक प्रमोद प्रधान र सम्पादकहरूमा श्रीओम श्रेष्ठ “रोदन”, विमल भौकाजी र मुरारी सिग्देल रहनुभएको छ । ग्रन्थमा ८० लेखकका रचना समावेश छन् ।  सोही कार्यक्रममा नरेन्द्रबहादुर श्रेष्ठका जराकलाले सजिएको नयाँ वर्ष २०८२ को क्यालेन्डर पनि लोकार्पण गरिएको थियो ।  यसैगरी सर्वनामद्वारा नरेन्द्रबहादुर श्रेष्ठबारे तयार गरिएको  वृत्तचित्रको प्रदर्शन पनि गरिएको थियो ।  यस वृत्तचित्रको निर्देशन वरिष्ठ नाट्यकर्मी एवं आख्यानकार अशेष मल्लले गरेका हुन् ।

समारोहका प्रमुख अतिथि पूर्व राजदूत केदारभक्त माथेमाले समाजलाई बाटो देखाउने सिर्जनशील व्यक्तिहरूको अभिनन्दन आफैमा महत्त्वपूर्ण कार्य भएको बताए । उनले श्री श्रेष्ठलाई बधाई ज्ञापन गर्दै उहाँको सिर्जनशील जीवनको कामना गरेका थिए ।

अभिनन्दित व्यक्तित्व नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो साहित्यिक र कलायात्राको पृष्ठभूमि बताउँदै  आजको दिन आफ्नो जीवनको अविस्मरणीय दिन भएको उल्लेख गरे । उनले आफ्नो जीवनमा आमा र श्रीमती दुवैको महत्त्वपूर्ण योगदान भएको पनि बताए ।

अध्यक्षको आसनबाट साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले श्री श्रेष्ठको व्यक्तित्व र योगदानबारे चर्चा गर्दै यो अभिनन्दन उहाँले समाज र देशलाई दिनुभएको योगदानको लागि भएको बताएका थिए ।

कार्यक्रममा प्रमुख वक्ताका रूपमा रहनुभएका वरिष्ठ समालोचक प्रमोद प्रधानले नेपाली कविता, कला, समाजसेवा र अध्यात्म यी चार क्षेत्रमा नरेन्द्रबहादुर श्रेष्ठको योगदान अविस्मरणीय रहेको बताए । उनले भने- “उहाँलाई नरेन्द्रबहादुर बनाउनमा उहाँकी आमा र धर्मपत्नीको योगदानलाई हामीले बिर्सन हुँदैन ।”

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष कुशकुमार जोशीले आफूले सानोमा नरेन्द्रबहादुर श्रेष्ठबाट कविता सुनेको स्मरण गर्दै आफूले उहाँबाट प्राप्त गरेको प्रेरणाको चर्चा गरेका थिए ।

वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठ, ॐ आदि फाउन्डेसनका प्रमुख सल्लाहकार लक्ष्मी प्रसाईंंले पनि अभिनन्दित व्यक्तित्वलाई शुभकामना दिएका थिए  । कार्यक्रममा श्री श्रेष्ठका ज्येष्ठ सुपुत्र निश्चलबहादुर श्रेष्ठले धन्यवाद ज्ञापन व्यक्त गरेका थिए ।

कार्यक्रममा सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलले अभिनन्दनपत्र पढेर सुनाएकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि र प्रमुख वक्तासहित सहभागी संस्थाहरू र लेखकहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कवि एवम् चर्चित पत्रकार ठाकुर बेलवासेके सहजीकरण गरेको सो कार्यक्रममा ४०० बढीको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

पूर्व प्रधानमन्त्री वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन

पूर्व प्रधानमन्त्री वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन

२ महिना अगाडि
सुकुन्दा साहित्य प्रकाशन हुने

सुकुन्दा साहित्य प्रकाशन हुने

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाललाई इंग्ल्यान्डले दियो १८५ रनको लक्ष्य

मिस्ट्री स्पीनर शेर मल्ल विश्वकप क्रिकेटबाटै राष्ट्रिय टिममा डेब्यू

यस्ताे छ आजकाे माैसम

फागुन २१ का लागि कांग्रेसले कार्यकर्तालाई खटाउने निर्णय

झापा २ राष्ट्रिय राजनीतिमा चासोको केन्द्र

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक