सिराहा । गोलबजार नगरपालिका-६ बस्ने हरी नारायण यादवको घरमा मिर्चौया नगरपालिका-५ घर भएका ५२ वर्षीय राम लोचन पालले संचालन गरेको राजदेबी कपास उद्योगमा विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा घर, कपास बनाउने मेसिन २ थान, सिरक, डस्ना बनाउनको लागी राखेको कपडा, मोबाइल लगायतका सामान जलेर करिब ३५ लाख ७५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
साथै उक्त आगो फैलिएर सोही ठाउँ बस्ने ७० वर्षीया सुनैना देबी साहको सिसौं र सालको पुरानो काठ समेत जलेर करिब २ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


