काठमाडाैं । नेपाली कांग्रेसकी सांसद नागिना यादवले चैत १५ गतेको राजावादीको हिंस्रक प्रदर्शनका कमान्डरलाई सुट गर्ने आदेश नदिएको भन्दै गृहमन्त्रीको आलोचना गरेकी छन्।
चैत १५ गते भएको राजावादीको प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो भने केही घाइते अहिले पनि उपचाररत छन्। उग्र राजावादीले तीनकुने क्षेत्रका निजी तथा सरकारी संरचना तोडफोड र आगजनी गरेका थिए।