काठमाडौं । नेकपा एस पार्टीकाका महासचिव घनश्याम भुसालले रवि लामिछाने र बालेन शाहका अल्लारे/उत्ताउला हर्कत अशोभनीय भएको टिप्पणी गरेका छन्।
रवि/बालेनहरुको उखरमाउलोलाई सत्ता गठबन्धनले राष्ट्रिय खतरा देखाउन खोजेको उनको धारणा छ।
चैत्र १५ गते राजावादीहरुले जे गरे त्यो आपराधिक थियो । त्यसको निन्दा–भत्र्सना हुनु पथ्र्यो, भइरहने छ । तर अहिले त्यस घटनाको प्रचार यसरी गर्न थालिएको छ ताकि राजनीतिको चुलीमा बसेर यिनीहरुले गरेका सबै नालायकी र भ्रष्टाचार आम नागरिकले भुलुन्, बरू यिनीहरुलाई उभ्याउनु पर्ने कठघरामा पनि ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईँलाई नै उभ्याइयोस् ।
सङ्क्षेपमा, यिनीहरु चाहान्छन्–चन्द्र–सूर्य रहेसम्म मुलुकको यही बेरोजगारी र कुशासनमाथि आफ्नो शासन सुरक्षित रहोस् तर यिनीहरुमाथि प्रश्न नउठोस् ।वस्तुतः हाम्रो राजनीतिले प्रायश्चित्त नगर्दासम्म विद्रुप सपनाको ऐँठनले हाम्रो गणतन्त्रलाई झस्काइरहने छ । हामीले यिनीहरुको पाप बोकिरहनु र मुलुकको वास्तविक जीवनमा लोकतन्त्र आउनु असम्भव छ ।