आइत, फाल्गुन ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सदस्यताको आवेदन दिने समय सकियो

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
सदस्यताको आवेदन दिने समय सकियो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले डेलिगेट्समा केन्द्रीत हुन सबैलाई अपिल गरेको छ । अप्रिल ७ तारिखसम्म तय भएको सदस्यता आवेदनको समय सकिएकाले डेलिगेट्स दर्ताका लागि निवेदन दिन पनि समितिले सबैलाई अपिल गरेको हो ।

उच्चस्तरीय समितिकी सदस्य सचिव एवं सदस्यता तथा डेलिगेट्स उपसमिति संयोजक जानकी गुरुङले मंगलबार एक विज्ञप्ति प्रकाशित गरेर मे ३–५, २०२५ मा काठमाडौंमा हुने महाधिवेशनका लागि तयारी तीव्र भइरहेको जानकारी गराउँदै सदस्यताको लागि प्राप्त निवेदनहरुको  छानविन गरेर पारदर्शी तरिकाले प्रकाशित गरिने बताइन् ।

सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले पारदर्शी तरिकाले काम गरिरहेको बताउँदै सवै विवरण वेवसाइटमा सार्वजनिक हुने भएकाले कुनै पनि भ्रममा नपर्न पनि गुरुङले आग्रह गरिन् । उनले भनिन्, ‘अब सदस्यताको काम सकिएको छ, सचिवालयले छानविन गरेर सार्वजनिक गर्छ । अब सम्पूर्ण ध्यान २२ अप्रिलसम्म डेलिगेट्समा केन्द्रीत हुन्छौं ।’ उच्चस्तरीय समितिकै वेवसाइट (www.nrnahlc.com) मार्फत डेलिगेट्समा दर्ता हुनका लागि अप्रिल १ तारिखदेखि खुला गरिसकिएको छ ।

केही सामाजिक सञ्जालमा उच्चस्तरीय समितिलाई जोडेर आएका सामग्रीप्रति पनि ध्यानाकर्षण भएको उनले बताइन्  ।

नेपालको संसदद्वारा पारित गैर आवासीय नेपाली सम्बन्धी ऐन २०६४ ले गरेको परिभाषा अन्तर्गत पर्ने, सार्क मुलुक बाहिर बसोबास गर्ने एनआरएनहरू मात्रै महाधिवेशनका लागि डेलिगेट्स  बन्न पाउने विषय प्रष्ट रहेकोमा यो तथ्यलाई बङ्ग्याइ सार्क सदस्य मुलुकहरुबाट पनि  सदस्यताका लागि निवेदन परेको भन्ने जस्ता समाचारहरू असत्य र आधारहीन भएको पनि उच्चस्तरीय समितिले स्पष्ट गरेको छ ।

यो पनि पढ्नुहोस्

बजारमा सुनको मूल्य तोलाको रु एक लाख ७० हजार

सुनको भाउमा वृद्धि

६ मिनेट अगाडि
नेपाल मजदुर किसान पार्टीकाे घोषणापत्र सार्वजनिक

नेपाल मजदुर किसान पार्टीकाे घोषणापत्र सार्वजनिक

८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

मतदाता शिक्षा कार्यक्रम सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक