काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा आउन आग्रह गरेको छ।
मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्ना माग पूरा गर्नेबारे सरकारसँग वार्तामा आउन आह्वान गरेको हो।
संसदको शिक्षा समितिमा विचाराधीन रहेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० मा आफ्ना सरोकारहरु सम्बोधन हुनुपर्ने माग राख्दै साता दिनदेखि शिक्षकहरु आन्दोलित छन्।
यसअघि चैत २१ र २२ गते सरकारले वार्ताका लागि बोलाए पनि नेतृत्वकर्ता शिक्षक महासंघले अस्वीकार गरेको थियो। शिक्षकहरूले यसअघि पटक पटक भएका सम्झौता कानुनमा समेट्न माग गरेका छन्। तर उनीहरुले राखेका माग संविधानसँग बाझिने भएकाले पूरा गर्न सरकारलाई मुस्लिक हुँदै आएको छ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाले महासंघलाई बुधबार बिहान ११ बजे मन्त्रालयमा वार्ताका लागि उपस्थित हुन अनुरोध गरिएको जानकारी दिए।