काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाले) बल्खुमा आज प्रदर्शन गर्दैछ । सोही क्रममा हजारौँ मानिसहरुलाई बल्खु उतार्ने राप्रपाले जनाएको छ ।
यो प्रदर्शनमा राजतन्त्र पुनस्थापनका लागि गठित संयुक्त जनआन्दोलन समितिले पनि समर्थन जनाएको छ । आजको प्रदर्शनमा हिंसा भड्किन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ ।
हजारौँको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु खटाइएको छ । त्यस्तै बल्खु आसपासका क्षेत्रहरुमा पनि बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।