काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनका क्रममा भएको फोहोर आफै टिपेर जान कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।
राप्रपाले मंगलबार काठमाडौंको बल्खुमा राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रदर्शन तथा सभा गरेको हो। त्यसक्रममा भएको फोहोर आफै सफा गरेर जान कार्यकर्तालाई आग्रह गरे।
यसअघि चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनपछि महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा ७ लाख ९३ हजार रुपैयाँको जरिवाना पत्र काटेका थिए।
बागमती प्रदेशका राप्रपा अध्यक्ष बिक्रम थापाले पनि बालेन शाहमा पत्र काटेर हिरो बन्ने प्रवृत्ति रहेको भन्दै उनको आलोचना गरेका थिए।