सोम, माघ २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वरिष्ठ गायिका  देविका बन्दनालाई  आईएनसीद्वारा सम्मान

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
वरिष्ठ गायिका  देविका बन्दनालाई  आईएनसीद्वारा सम्मान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा सम्मान समारोह अर्याल इन्टरनेशनल होटल, बानेश्वरमा सम्पन्न भएको छ।

संस्थाका नेपाल प्रतिनिधि तिर्थराज आचार्यले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा पाटन अस्पतालका क्यान्सर विशेषज्ञ डा. अरुण शाहीले क्यान्सर रोगसम्बन्धी सचेतनामूलक प्रस्तुति दिनुभएको थियो। त्यस्तै, कार्यक्रममा गायिका  देविका बन्दना, गायिका कुन्ती मोक्तान, गायक यश कुमार, नेपाल क्यान्सर अस्पतालका डा. उत्सवमान श्रेष्ठ, आयुर्वेद चिकित्सक डा. प्रकाश ज्ञवालीलगायतले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको संयोजन हाल अस्ट्रेलियामा बस्दै आउनु भएका संगीतकार टिका दाहालले गर्नु भएको थियो।

उक्त कार्यक्रममा गायिका बन्दनासँगै बौद्ध धर्मगुरु टुल्कु कर्मा साङ्गपो रोका  (सम्सारा गुरू )पनि सम्मानित हुनुभएको थियो। इन्टरनेशनल नेप्लिज कम्युनिटीले गायिका बन्दनाको हौसला अभिवृद्धिका लागि बन्दना द्वारा लिखित Winner’s Gale (जित्नेको हाँसो) पुस्तकका ५० प्रति खरिद गरेको थियो।

विश्वभर विभिन्न पेशा, व्यवसाय तथा श्रम क्षेत्रमा आवद्ध भई सामाजिक सञ्जालमा सक्रिय नेपाली तथा नेपालीभाषी युवाहरूको समूहले स्थापना गरेको इन्टरनेशनल नेप्लिज कम्युनिटी पवित्र उद्देश्यका साथ व्यक्तिगत, सामाजिक र राष्ट्रिय उन्नयनका लागि समर्पित भएर कार्य गर्दै आएको छ। हाल अमेरिका निवासी सुजेश लामाले संस्थाको प्रमुख लक्ष्य विश्वभर छरिएर रहेका नेपालीभाषी समुदायलाई एउटै छातामुनि ल्याई सामाजिक, शैक्षिक, स्वास्थ्य तथा आर्थिक क्षेत्रमा योगदान पुर्‍याउनु रहेको बताउनुभयो।

संस्थाले हालसम्म सामाजिक सञ्जालमार्फत स्वास्थ्य, साहित्य, कानुनी परामर्श र महिला सशक्तीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ। त्यस्तै, भौतिक रूपमा दैवी प्रकोप पीडित सहयोग, खेलकुद प्रशिक्षण, शिक्षा तथा क्यान्सर सचेतनामूलक कार्यक्रम पनि सञ्चालन भइरहेको छ। कार्यक्रममा संस्थाका सदस्यहरू र संगीतकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो पनि पढ्नुहोस्

अभिनेता सुनिल थापाको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली

अभिनेता सुनिल थापाको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली

१४ घण्टा अगाडि
रिलिजको पूर्वसन्ध्यामा ‘द ब्लू लाइट’को नयाँ गीत सार्वजनिक, एडभान्स् बुकिङ खुल्ला  

रिलिजको पूर्वसन्ध्यामा ‘द ब्लू लाइट’को नयाँ गीत सार्वजनिक, एडभान्स् बुकिङ खुल्ला  

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाललाई इंग्ल्यान्डले दियो १८५ रनको लक्ष्य

मिस्ट्री स्पीनर शेर मल्ल विश्वकप क्रिकेटबाटै राष्ट्रिय टिममा डेब्यू

यस्ताे छ आजकाे माैसम

झापा २ राष्ट्रिय राजनीतिमा चासोको केन्द्र

फागुन २१ का लागि कांग्रेसले कार्यकर्तालाई खटाउने निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक