सोम, साउन २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रिय सम्पदा संरक्षण सबैको साझा दायित्व : राष्ट्रपति पौडेल

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
राष्ट्रिय सम्पदा संरक्षण सबैको साझा दायित्व : राष्ट्रपति पौडेल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाको मेहनत र परिश्रमबाट चिनोका रूपमा रहेका राष्ट्रिय सम्पदा संरक्षण सबैको साझा दायित्व रहेको जनाउनुभएको छ । ललितपुरको पाटन दरबार क्षेत्र परिसरमा पुनर्निर्माण गरिएको देगुतलेजु मन्दिरको आइतबार उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले सम्पदा संरक्षणमा नागरिकस्तरको सचेतना, जागरुकता र चासो उत्तिकै आवश्यक रहेको जनाउनुभयो ।

उहाँले बहुजाति, बहुभाषा, परपम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवर्धनमा तिनै तहको सरकारले ध्यान दिनु जरुरी रहेको बताउनुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, “भावी सन्ततिका लागि यी अमूल्य सम्पदा हाम्रो समय, इतिहास र पुर्खालाई बुझ्ने महत्वपूर्ण कडी हुन् । देशका यस्ता महत्वपूर्ण स्थलको संरक्षण र संवर्धन गरी पुर्खाको मेहनत, परिश्रम र चिनोका रूपमा रहेका कैयौँ सम्पदाको संरक्षण हाम्रो साझा दायित्व हो ।”

उहाँले अनुपम भौगोलिक विविधताको सुन्दर देश नेपालमा प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं प्रकृतिको वरदानका रूपमा कैयौँ रमणीय स्थल रहेको उल्लेख गर्दै अनगिन्ती मठमन्दिर, शक्तिपीठ, देवस्थल र तीर्थस्थल नेपालीको सभ्यता, संस्कृति तथा राष्ट्रिय गौरवसँग जोडिएको जनाउनुभयो ।

राष्ट्रपति पौडेलले ललितपुर महानगरपालिकास्थित विश्व सम्पदा सूचीभित्र पर्ने पाटन दरबार क्षेत्रको यो एउटा बहुमूल्य सम्पदा भएको भन्दै स्वदेशी तथा विदेशीको प्रमुख पर्यटकीय गन्तव्य यहाँका सम्पदाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको बताउनुभयो । देशभर रहेका हाम्रा ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा नेपाल र नेपालीको शान र पहिचान भएको उहाँको भनाइ थियो । राष्ट्रपति पौडेलले विनाशकारी गोरखा भूकम्पमा क्षतिग्रस्त ऐतिहासिक सम्पदाको पूर्ववत् स्वरूप र संरचनामै पुनर्निर्माण तथा जीर्णोद्धार चुनौतीपूर्ण कार्य हुँदाहुँदै यो मन्दिर पुनर्निर्माणले पाएको सार्थकताले यहाँको शोभा र सौन्दर्य बढाएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पुर्खाले निर्माण गरेका सम्पदाको महत्वलाई बढाउनुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो ।  देगुतलेजु मन्दिरको पुनर्निर्माण तथा जीर्णोद्धार सम्पन्नपछिको शिलापत्र अनावरण कार्यक्रममा उहाँले संस्कृति र सम्पदामा गौरव गर्ने अवस्था आइपुगेकाले सम्पदाको महत्वलाई बढाउनुपर्ने जनाउनुभएको हो ।

मन्त्री पाण्डेले भन्नुभयो, “संस्कृति र सम्पदामा हामी आज गौरव गर्ने अवस्थामा छौँ । हाम्रा पुर्खाले निर्माण गरेका सम्पदाको महत्वलाई हामीले कसरी बढाउन सकिन्छ, त्यो गर्नुपर्ने आवश्यक छ ।” उहाँले नेपालको भौगोलिक अवस्था अनुसार प्रकृति विविधतापूर्ण रहेकाले यसलाई पनि विश्वव्यापी प्रचार गर्नुपर्ने जनाउनुभयो ।

मन्त्री पाण्डेले अभौतिक र भौतिक सम्पदा दुई वटालाई जोडेर र जोगाएर सिङ्गो नेपाललाई एउटा खुला सङ्ग्रहालय जस्तो बनाएर जानुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले संसारभरका मानिस नेपालमा आउने र हाम्रो प्रकृतिबाट लाभान्वित हुनुको साथै नेपालका विविध भाषा, वेशभूषा, संस्कृति चाडपर्वको प्रत्यक्ष अनुभव गर्न पाउने पनि बताउनुभयो । सो अवसरमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले हाल आफ्नो दोस्रो कार्यकाल भए पनि विश्राम नलिई लगातार विकास निर्माण गर्दै आएको बताउनुभयो । मन्दिरको पुनर्निर्माणका लागि ८० प्रतिशत आर्थिक सहयोग जापान सरकारले गरेको उहाँले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्दै रास्वपा

२० घण्टा अगाडि
‘उत्पीडित जनताको राज्यसत्ता स्थापना नभएसम्म मोर्चा टुट्दैन’ : अन्सारी

‘उत्पीडित जनताको राज्यसत्ता स्थापना नभएसम्म मोर्चा टुट्दैन’ : अन्सारी

२३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालभाषाकाे `तय्गु खःसा ति अय्लाः लिसा´ म्यूजिक भिडियाे सार्वजनिक

केयुको उपकुलपति छनोट प्रक्रिया पारदर्शी बनाउन माग

संविधान संशोधनकाे विषयलाई लिएर उपशङ्का व्यक्त हुन थाल्याे

चार दशक रंगमञ्चमा बिताएका विस्फोट प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य नियुक्त

भिसा अन्तर्वार्ताका क्रममा सत्य विवरण दिन आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक