बुध, मंसिर ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कथित मधेशवादीहरुले मधेशको आन्दोलनलाई अपहरण गरे : अन्सारी

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 mins read
0
कथित मधेशवादीहरुले मधेशको आन्दोलनलाई अपहरण गरे : अन्सारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
जनकपुरधाम । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीले उत्पीडित जनताको राज्यसत्ता स्थापनाका लागि वैकल्पिक महागठबन्धन वा मोर्चा आफूहरुले बनाउन लागेको बताएका छन् । उनले उत्पीडित जनताको वास्तविक मोर्चा घोषणा गर्ने बताएका हुन् ।
चार राजनीतिक दलहरु नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल सद्भावना पार्टी र नेपाल जनजागृति पार्टीले शनिबार संयुक्तरुपमा जनकपुरधाममा आयोजना गरेको ‘संघीय लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्दै थप अधिकार प्राप्तिका लागि उत्पीडित जनताको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा अन्सारीले सो कुरा बताएका छन् ।
हालै मधेशकेन्द्रित सात राजनीतिक दलले घोषणा गरेको संघीय लोकतान्त्रिक मोर्चाप्रति कटाक्ष गर्दै उनले भने, ‘सात दलले घोषणा गरेको मोर्चा कथित मधेशवादी र अवसरवादीहरुको समूह रहेको छ । तिनीहरु जहिले पनि मधेशी जनताको आन्दोलनलाई अपहरण गरी बेइमानी गरे ।’
उनले मधेशको नेतृत्व कहिल्यै पनि वास्तविक मधेशीको हात नआएको भन्दै कतिथ मधेशवादीहरुले मधेशको आन्दोलनलाई अपहरण गरेको आरोप लगाए । सात दलको मोर्चामा रहेका नेताहरु पटक–पटक कैयौंपटक मन्त्री भए तर उत्पीडित जनताको पक्षमा कुनै काम गरेको उनको आरोप थियो ।
‘अहिले पनि घोषणा भएको मोर्चाको अनुहार हेर्नुस्, यिनी संकीर्णताबाट माथि कहिल्यै उठ्न सकेनन् । यिनीहरुको मोर्चामा दलित, मुस्लिम, पिछडावर्गको नेतृत्व छैन । यिनीहरु आफूलाई जहिले पनि संकीर्ण राखे, जसकारण नेपालका सिंगो उत्पीडित जनताले जहिले पनि घाटा बेहोर्नुप¥यो ।’ उनले थपे, ‘कथित मधेशवादी वास्तवमा संकीर्ण हुन् ।’
उनले भने, ‘अहिलेको आवश्यकता भनेको बृहतरुपमा देशमा रहेका सम्पूर्ण उत्पीडित शक्तिलाई एक ठाउँमा जम्मा गर्ने र त्यसपछि अधिकारका लागि राज्यसँग संघर्ष गर्ने, निर्वाचनमा पनि जाने । अनि मात्रै संसदमा पनि उत्पीडित जनताको सही प्रतिनिधित्व हुन्छ ।’
मुद्दा विसर्जनवादीहरु छोडिसकेका मुद्दाहरुलाई अगाडि बढाउने बताउँदै अन्सारीले यिनीहरुको अकर्मण्यताका कारण २२ जिल्लाको मधेश आज आठ जिल्लामा सीमित भएको आरोप लगाए ।
अध्यक्ष अन्सारीले पूर्वराजा ज्ञानेन्द्रले संविधानका सबै सीमाहरु उल्लंघन गरेर जनतालाई उक्साएर अपराध गर्न लगाएको बताएका छन् । ‘पूर्वराजा ज्ञानेन्द्रलाई दिइएका सबै सुविधाहरु खोस्नुपर्छ । किनभने उनले संविधान माथि आक्रमण गरिरहेका छन् । जहाँ पनि जसको विरुद्धमा क्रान्ति हुन्छ, त्यसलाई समाप्त पार्छ र नयाँलाई स्थापित गर्छ । तर नेपालमा पटक–पटक जनतालाई धोका दिने काम कांग्रेस, एमाले र माओवादीले गरे ।
अहिले पनि जनताले भनिरहेका छन् कि यो अपराधीलाई कारबाही गर ।’ उनले भने ।
सो अन्तरक्रिया कार्यक्रममा नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय महासचिव अनन्त राई, मधेशका सांसद एवं पूर्वगृह, सञ्चार तथा कानूनमन्त्री विमला अन्सारी, बहुजन एकता पार्टी, नेपाल सद्भावना पार्टी र जनजातृति पार्टीका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री विदेश जानुअघि शिक्षा विधेयक टेबुल हुन्छ : मन्त्री राई

जसपाले नेकपासँग एकताका लागि पहल गर्ने

३ घण्टा अगाडि
सचिव भट्टराईमाथि भएको अभद्र व्यवहारप्रति एमालेको ध्यानाकर्षण

एमालेकाे केन्द्रीय सचिवालय बैठक बस्दै

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एमालेको प्रदर्शन जोखिम हुने विश्लेषण

एनपीएल दोस्रो संस्करणको पहिलो खेल काठमान्डु गोर्खाजले जित्याे

पुराना गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न अनुमति दिने

युके र साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

हिमपात र शीत लहरकाे पूर्वतयारीका काम यथाशीघ्र गर्न निर्देशन

इमिरेट्स एयरलाइनले एकै पटक ६५ थान जहाज खरिद अर्डर

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक