काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले वन डँडेलो नियन्त्रणका लागि ठोस योजना बनाएर अगाडि सरकार अघि बढिरहेको जनाएका छन् ।
आइतबार काठमाडौंमा फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्सको उद्घाटन गर्दै मन्त्री ठकुरीले वन डँडेलोका साथै आगोबाट सिर्जित समस्या समाधानका लागि सरकार ठोस योजना बनाएर अघि बढिरहेको जनाएका हुन् । फागुन चैत्र वैशाखमा अत्यधिक वन डँडेलो लाग्ने देखिएकाले आगामी दिनमा यसलाई न्यूनीकरण गर्ने योजनालाई प्रभावकारी बनाउने उनले जनाए ।
नेपालमा आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षा प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यसहित एसिया प्यासिफिक सेक्युरिटी एसोसिएसनले सम्मेलनको आयोजना गरेको हो ।दुई दिनसम्म चल्ने सम्मेलनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तहका ७५३ वटै पालिकाका प्रतिनिधि लगायत विज्ञहरूको सहभागिता रहेको छ ।